Author: Bizness Khabar

काठमाडौं, ६ चैत । विभिन्न मुलुकमा नेपालको वैदेशिक व्यापार रहेता पनि नेपालले धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा नेपालले १ सय ३० मुलुकसँग व्यापार घाटा बेहोरेको छ । हाल नेपालले १ सय ५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्दा २८ मुलुकसँग व्यापार बचतमा छ । चालू आवको फागुनसम्ममा व्यापारिक मुलुकमध्ये नेपालले सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसँग बेहोरेको छ । विभागका अनुसार भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरै रहेको छ । सोही अवधिमा भारतबाट ६ खर्ब ३८ अर्ब १७ करोड ७७ लाख २७…

Read More

काठमाडौं, ६ चैत । चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा  ११ खर्ब भन्दा धेरै वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्म्मा कुल ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा तुलनामा २ दशमलव ७८ प्रतिशतले कम हो । गत आवको फागुनसम्ममा ११ खर्ब ६३ अर्ब १८ करोडभन्दा धेरै व्यापार थियो विभागका अनुसार चालू आवको आठ महिनासम्म्मा नेपालले ९ खर्ब २९ अर्ब ६० करोडभन्दा धेरै व्यापार घाटा बेहोरेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा २ दशमलव ५२ प्रतिशतले कम…

Read More

काठमाडौं, ६ चैत । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार संस्थाले संस्थापक सेयरधनीका तर्फबाट आवेदन नपरेको १ हजार ६ सय २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्ने उक्त संस्थाले जनाएको छ ।

Read More

काठमाडौ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मंगलबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न निर्देशन दिएका हुन् । विज्ञप्तिमा डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न भनिएको छ यस्तैै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ । मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका…

Read More

काठमाडौं, ६ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ । यसैक्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए । उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

Read More

काठमाडौं, ६ चैत । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले कम्पनीका लागनीकर्ताको हितका लागि ड्रग्स सेवन गर्ने गरेको बताएका छन् । मस्कले सीएनएनमा डन लेमनसँगको अन्तवार्तामा टेस्लाका लगानीकर्ताको हितका लागि ‘केटामाइन’ नामक ड्रग सेवन गर्ने गरेको बताएका हुन् । उनले यो ड्रग चिकित्सकको सल्लाहमा सेवन गर्ने गरेको समेत बताएका छन् । यस्तै उनले ड्रगले डिप्रेसन जस्तो नकारात्मक केमिकल अवस्थालाई व्यवस्थापन गर्न सजिलो भएको उक्त अन्तवार्तामा बताएका छन् । अन्तवार्तामा उनले भनेका छन्, ‘यदि लगानीकर्ताका लागि केहि गर्नु पर्छ भने त्यो गर्छु र म त्यो औषधि सेवन गरिरहने छु ।’ उनले प्रत्येक साता सानो परिमाणमा केटामाइन सेवन गर्ने गरेको…

Read More

काठमाडौं, ५ चैत । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दा हेर्दा हेर्दैमा परेको छ । सोमबार न्यायाधीश डा कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा वि एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा परेको छ । आइतबार पनि सुनुवाइ नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा परेको थियो । गत आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण अग्राधिकार दिने आदेश गरेको थियो । उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोकिएको थियो । मेडिकल शिक्षा अध्यापनका लागि…

Read More

काठमाडौं, ५ चैत । नेपाल चेम्बर अफ कमर्सल अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेस गरेको छ । सोमबार चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव पेस गरेका हुन् । अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्ने लगायतका विषयमा सुझाव पेस गरिएको चेम्बरले जनाएको छ । यस्तै नेपालमा आयात हुने बस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन पनि चेम्बरले आग्रह गरेको छ । यस्तै नेपाली बस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरूमा उच्चस्तरीय…

Read More

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पु¥याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

Read More

काठमाडौं, ५ चैत । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री पदको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । केन्द्रमा एमाले र माओवादी केन्द्रको सत्तागठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पु¥याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।

Read More