Author: Bizness Khabar

काठमाडौं, ५ बैसाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा मंगलबार राति भेटवार्ता गरेका हुन् । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् । अर्थमन्त्री पुनले विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व…

Read More

काठमाडौं, ५ बैसाख । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते विमेन्स मोटर ¥याली आयोजना गर्ने भएको छ । उक्त ¥यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलामाझ सौहार्दता र साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२० वर्षअघिदेखि सुरू भएको ¥याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको छ । ¥यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने विश्वास छ ।’ कम्पनीले ¥यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ । ¥यालीमा कुनै पनि गाडीमार्फत…

Read More

काठमाडौं, ५ बैसाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ६० हजार ५० कित्ता सेयर बिक्रीमा राखिएको छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकका साथै आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैंडाकोटमा रहेको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेस गर्नु पर्नेछ । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Read More

काठमाडौं, ४ बैसाख । बागमती प्रदेश सरकारका नव नियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री श्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री श्री केशव प्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्री प्रकाश श्रेष्ठको सम्मानमा नेपाल हस्तकला महासंघको कार्यालयमा आज स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनको लागि बागमती प्रदेश सभामा दफावार छलफलको प्रकृयामा रहेको बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरुमा ती पालिकाहरुको प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा संचालन अध्यादेश जति सक्दो चाँडो…

Read More

काठमाडौं, ४ बैसाख । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ । संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेका अनुसार सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुनेछ । सम्मेलनमा एक हजार भन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर…

Read More

काठमाडौं, ४ चैत । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

Read More

काठमाडौं, ४ बैसाख । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । हाल शाक्यले अर्थ मन्त्रालयबाट बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने उल्लेख छ । संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा छ, ‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी…

Read More

काठमाडौं, ४ बैसाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेट भएको छ । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ ।’ त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिए । उनले भने, ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको…

Read More

काठमाडौं, ४ बैसाख । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई समर्थन नरहेको पत्र बुझाएका हुन् । यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् । सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन…

Read More

काठमाडौं,४ बैसाख । सोमबारसम्म २ हजारको वरिपरि रहेर कारोबार भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार २ हजारको विन्दुबाट झरेको छ । आज (नेप्से) परिसूचक नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९ सय ९१ दशमलव ७१ को विन्दुमा बन्द भएको छ । मंगलबार ५४ लाख ७१ ह्जार ६८ कित्ता शेयर ३९ हजार ४७६ पटक किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँको कारोबार भएको छ । आज ३ सय १२ धितोपत्रको कारोबार हुँदा २०० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४२ धितोपत्रको मूल्य बढेको छ भने २ धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३…

Read More