Author: Bizness Khabar

काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कपिलबस्तुबाट आजै काठमाडौं ल्याउन लागिएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ ।

Read More

काठमाडौं, ५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सोमबार बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना माग गरेको छ त्यस्तै रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं १ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ एरियाका ब्रान्चका लागि रिलेसनसिप म्यानेजर,आईटी विभागका लागि केहि संख्यामा सिनियर असिस्टेन्ट र काठमाण्डौ उपत्यका र बाहिरका लागि ब्रान्च म्यानेजरहरु माग गरेको छ । बैंकका अनुसार आवेदन दिने अन्तिम मिति चैत १८ गतेसम्म रहेको छ ।

Read More

काठमाडौं, ५ चैत । सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँको दरले संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ । सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । यस्तै तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य…

Read More

काठमाडौं, ४ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर भएको मानहानिको मुद्दा खारेज भएको छ । पूर्वप्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको हो । जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित मानहानिको सूचना जारी गरेका थिए । द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको…

Read More

काठमाडौं, ४ चैत । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंह बच्चा चोरीको आरोपमा पक्राउ परेकी थिइन् । प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो ।

Read More

काठमाडौं, ४ चेत । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले उम्मेदवारी घोषणा गरेका हुन् । लिम्बु उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार हुन् । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम(२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।…

Read More

काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षको आठ महिनामा सरकारको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । सोही अवधिमा सरकारले बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब ५२ करोड तिर्न बाँकी छ । कार्यालयका अनुसार फागुनसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सोही अवधिमा सरकारले आन्तरिक ऋण र बाह्य ऋण क्रमशः १…

Read More

काठमाडौं, ४ चैत । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित कार्यक्रमबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको उनको दावि थियो । उनले भने, ‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति…

Read More

काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि चीनसँग समझदारी बनेको बताएका छन् । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित कार्यक्रममा प्रचण्डले नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन चीन भ्रमणका क्रममा समझदारी बनेको बताएका हुन् । यस्तै उनले विमानस्थल निर्माणमा लागेको ऋण अनुदानमा बदल्न आफू प्रयासरत रहेको बताए ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनमा आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाई थियो । उनले भने, ‘आज मैले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछु, यो सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व र भूमिका अझ धेरै स्थापित हुन्छ भन्ने पनि विश्वास छ । त्यसकारण मेरो…

Read More

काठमाडौं, ४ चैत । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १३ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को फागुनसम्ममा वैदेशिक रोजगारका लागि ४ लाख ७१ हजार २ सय १० जनाले श्रम स्वीकृति लिएका छन्,जुन गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारका लागि ५ लाख ४० हजार ६ सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए । यद्यपी समग्रमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दा महिलाको सङ्ख्या भने ८ दशमलव ६० प्रतिशतले बढेको छ । चालु आवको फागुनसम्ममा ५२ हजार ५ सय १४ जना महिलाले…

Read More