Author: Bizness Khabar
काठमाडौं, ४ बैसाख । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि पुनः दरखास्त आह्वान खुलाएको छ । यसअघि सीईओ पदका लागि खुलाएको दरखास्त आह्वानमा प्रयाप्त संख्यामा आवेदन नपरेकाले पुनः आवेदन खुलाइएको बैंकले जनाएको छ । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । साथै कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्ने बैंकले जनाएको छ । यस्तै चार्टर अकाउन्टेन्सी (सीए) अथवा…
वित्तीय सेवा लिनु अघि सर्तहरुबारे राम्ररी बुझेर मात्रै कागजातमा हस्ताक्षर गर्न राष्ट्र बैंकको आह्वान
काठमाडौं, ४ बैसाख । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो । राष्ट्र बैंकले जारी गरिएको सूचनामा भनिएको छ ‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व हो । ग्राहकहरुले वित्तीय सेवाहरु लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नु पर्छ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएको कागजको एकप्रति आफूले सुरक्षित राख्ने…
काठमाडौं, ३ चैत । जनता समाजवादी पार्टी (जसपा) ले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीइ कार्यकारिणी समिति बैठकले महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । उक्त कार्यतालिका अनुसार जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ । यस्तै बेठकले वैशाख ३ गतेभित्र संकलन गरिएका संगठित सदस्यता मात्रै मान्य हुने निर्णय पनि भएको छ । वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने र त्रुटि देखिएमा वैशाख १५ गतेभित्र सच्याउनुपर्ने जसपाले जनाएको छ । वैशाख १६ गते सदस्यता अभिलेख…
काठमाडौं, ३ बैसाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । शिक्षामन्त्रीको सचिवालयका अनुसार अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनिया, हिरा बहादुर महर्जन लगायतमाथि कारबाही सिफारिस गरेको थियो । २०७४…
काठमाडौं, ३ बैसाख । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपाल सेमिफाइनल पुगेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।
काठमाडौं, ३ बेसाख । नेपालले एसीसी प्रिमियर कप २०२४ मा लगातार तेस्रो जित हात पारेको छ । नेपालले सोमबार आफ्नो तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको हो । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । यस्तै अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए । यस्तै रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे…
काठमाडौं, ३ बैसाख । यस वर्षको कारोबारको सुरुको दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो दिन पनि दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ को विन्दुमा बन्द भएको छ । सोमबार ७२ लाख २३ हजार ७७३ कित्ता शेयर ५० हजार ५ सय २४ पटक किनबेच हुँदा कुल २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । आज ३ सय १४ धितोपत्रको कारोबार हुँदा १८४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५२ धितोपत्रको मूल्य बढेकोे छ भने ८ धितोपत्रको मूल्य स्थिर छ । कारोबार…
काठमाडौं, ३ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सोमबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए । उनले भने, ‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ । आफैँले गल्ती गरेपछि आफै सावधान रहनु ।’ विगतमा सांसदहरुले रातो पासपोर्ट…
काठमाडौं, ३ बैसाख । हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । यस्तै ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै ललित राजवंशीले…
काठमाडौं, ३ बैसाख । नागढुंगा– नौबिसे (सिस्नेखोला) मुख्य सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुविर महासेठ लगायतको उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु को गरिएको हो । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ । सुरुङमार्गको निर्माण २०७६ कार्तिकबाट सुरु गरिएको थियो । ४२ महिनाभित्र उक्त सुरुङमार्ग सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, कोभिड १९ को महामारी…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886