Author: Bizness Khabar

काठमाडौं, २ बैसाख । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वाभाविक प्रक्रियाअन्तर्गत अन्त्यका लागि सिफारिस गरिएको बताइन् । शर्माले स्वाभाविक रूपमा भएको संसद अधिवेशनको अन्त्यलाई अरु अर्थमा बुझ्न नहुने बताइन् । यस्तै उनले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली कांग्रेसको आरोप गलत भएको बताइन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको उनले बताइन् । साथै मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने…

Read More

काठमाडौं, २ बैसाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् । आइतबार विहान देखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरेका हुन् । श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका हुन् । राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताइएको छ । साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताएका छन् । इजरायल चार हजार नेपाली छन् ।

Read More

काठमाडौं, २ बैसाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको बताए । सोही क्रममा उनले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए । सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको उनको भनाई छ । साथै उनले सीप बिना नै रोड टेस्ट…

Read More

काठमाडौं, २ बैसाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् । साथै कैलाश चौधरीलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन् । प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् । नाउपाकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

Read More

काठमाडौं, २ बैसाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका छन् ।

Read More

काठमाडौं, २ बैसाख । यस वर्ष (२०८१) सालको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ३५ अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर २ हजार २३ दशमलव ३५ को विन्दुमा बन्द भएको छ । आइतबार ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ६१ हजार ४२ पटक किनबेच हुँदा कुल ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । आज ३ सय २० धितोपत्रको कारोबार हुँदा १ सय २७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०८ धितोपत्रको मूल्य घटेकोे छ भने १० धितोपत्रको मूल्य स्थिर छ । यस्तै…

Read More

काठमाडौं, २ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडामा रहेकाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य गर्दैमा कांग्रेस आक्रोशमा आउन आवश्यक नभएको बताए । हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको खाली समय राख्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यको उपयुक्त समय यही भएको ओलीले बताए । उनले भने, ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल, अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन । अहिले ठीकै हो ।…

Read More

काठमाडौं, २ बैसाख । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुरु गरेको छ । यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्ने बैंकले जनाएको छ । उक्त अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । सो अभियानको अवधि वैशाख १ गतेदेखि वैशाख ३१ सम्म रहने बैंकले जनाएको छ ।

Read More

काठमाडौं, २ बैसाख । मार्च महिनामा भारतको खुद्रा मुद्रास्फीति ४ दशमलव ८५ प्रतिशतमा झरेको छ । भारतको संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति फेब्रुअरीको तुलनामा घटेको बताइएको छ । मान्त्रालयका अनुसार फेब्रुअरीमा भारतको मुद्रास्फीति ५ दशमलव ०९ प्रतिशत थियो । यस्तै खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ० दशमलव १४ प्रतिशत विन्दुले घटेको छ । फेब्रुअरीमा खाद्य मुद्रास्फीति ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले सबै राज्यलाई समेट्ने गरी १ हजार ११४ निश्चित सहरी बजार र १ हजार १८१ गाउँबाट मूल्य संकलन गरी विश्लेषण गरिएको बताएको छ ।

Read More

काठमाडौं, २ बैसाख । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै आफ्नो सुरक्षाको ध्यान दिन दिई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो । आइतबार दूतावासद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन् । आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा…

Read More