Author: Bizness Khabar
काठमाडौं, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेट्लले विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै विस्वासको मता मागेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ । एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।
काठमाडौं, १९ चैत । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङकाअनुसार इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको हो । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ । भने कांग्रेसले उम्मेदवार चुन्न मंगलबार बैठक बोलाएको छ ।
काठमाडौं, १९ चैत । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना ऋणीको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरूको धितो लिलामीको निमित्त सूचना प्रकाशित गरेको हो । संस्थाबाट कर्जा लिएर चुक्ता नगरेपछि बैंकले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ । धितोमा रहेको उल्लेखित सम्पत्तिहरू गोप्य सिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको सर्तमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिन आग्रह गरेको छ ।
काठमाडौं, १९ चैत । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा गरेको छ । १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गएिको छ ।
काठमाडौं, १९ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अङ्कले घटेकोे छ । आज नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ को विन्दुमा बन्द भएको छ । आज ७२ लाख ९० हजार २ सय कित्ता शेयर ६३ हजार १५ पटक किनबेच हुँदा कुल २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँको कारोबार भएको छ । सोमबार ३ सय १५ धितोपत्रको कारोबार हुँदा १ सय ५१ धितोपत्रको मूल्य बढको छ । त्यस्तै ८६ धितोपत्रको मूल्य घटेको छ भने ८ धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३…
काठमाडौं, १९ चैत । तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपाल ए ले आयरल्यान्ड ए लाई जितकालािग २१४ रनको दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो । नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट भए । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए…
काठमाडौं, १९ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायलाई अनुरोध गरेको छ । राखेपको ११५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरेको थियो । वृहत राष्ट्रिय खेलकुद चक्रिए प्रणाली अनुसार हरेक दुई–दुई वर्षमा आयोजना हुने व्यवस्था छ । यस्तै राखेपले राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् फरक क्षमता भएका खेलाडीहरुको पारा खेलकुद आयोजना गरिने प्रचलन पनि रहेकोले प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ समेत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन २०८१ साल मंसिर…
काठमाडौं, १९ चैत । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको समितिको सोमबार बसेको बैठकमा समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएका हुन् । यस्तै उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताउदै न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको पेस गर्न आग्रह गरका छन् । सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए…
काठमाडौं, १९ चैत । बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको एकीकृत समाजवादीले अन्ततः मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमतीमा विश्वासको मत दिने भएको हो । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमती प्रदेशमा विश्वासको मत दिन लागेको बताए । गठबन्धन दल एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताको बैठकले तत्काल बागमतीमा विश्वासको मत दिएर जाने सहमति भएको खनालले बताए । सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी…
काठमाडौं, १९ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका सांसद अर्जुननरसिंह केसील सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दैे एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेका हुन् । सो क्रममा उनले सरकारले लगाएको भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा झुटको पुलिन्दा हुँदै गएको बताए । प्रतिनिधि सभाको शून्य समयमा उनले भने, ‘राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा करुणा वा क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार, जघन्य अपराध र विधिहीनतालाई करुणाको जामामा चोक्खिने र चोख्याउँदै जाने हालैको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886