Author: Bizness Khabar
काठमाडौं, ६ मंसिर । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः आवेदन मागेको छ । यसअघि आवेदन परेका सबै जना अयोग्य भएपछि कम्पनीले बिहीबार फेरि दरखास्त आह्वान गरेको हो । कम्पनीले असोज १६ गते सीईओका लागि आवेदन खुलाएको थियो । सीईओ बन्नका लागि ४ जनाले आवेदन दिएका थिए । सीईओ बन्नका लागि महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले आवेदन दिएका थिए । कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसक्दा उनीहरू ‘फेल’ भएका थिए । यसअघिका उम्मेदवार सबै ‘फेल’ भएपछि कम्पनीले बिहीबार एक सूचना जारी गर्दै रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले…
काठमाडौं, ६ मंसिर । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
काठमाडौं, ६ मंसिर । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । बुधबार न्यूयोर्कमा दायर गरिएको अभियोगमा अदानीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सिक्योरिटी एण्ड एक्सचेञ्ज कमिसनले बुधबार गौतम अडानीका भतिजा सागर अडानी, अडानी ग्रीन इनर्जी लिमिटेडका अधिकारीहरु, एज्योर पावर ग्लोबल लिमिटेडका कार्यकारी सिरिल काबेनेससहित अन्य केही प्रतिवादीमाथि पनि आरोप लगाएको छ । संयुक्त राज्यका वकिलको कार्यालयका अनुसार अडानी र उनका भतिजा सागरसहित सात जना प्रतिवादीले आफ्नो रिन्युएबल इनर्जी कम्पनीलाई ठेक्का दिलाउन र भारतकै सबैभन्दा ठूलो सौर्य ऊर्जा…
काठमाडौं, ६ मंसिर । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
काठमाडौं, ६ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन लगायतका केही महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।
काठमडौं, ५ मंसिर । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने भृकुटीमण्डपमा गर्ने भनिएको सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा अब दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । सभा अघि र्याली हुने छ । भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । नेकपा (एमाले)द्वारा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला…
काठमाडौं, ५ मंसिर । पछिल्लो भदौ यता लगातार घटिरहेको घरजग्गा कारोबार कार्तिकमा पनि अपेक्षित सुधार देखिएन । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा ३३ हजार ५ सय १४ वटा घरजग्गा लिखत पारित भएको छ, जुन साउनको तुलनामा २३ दशमलव ०१ प्रतिशतले कम हो । साउनमा ४३ हजार ५३५ वटा घरजग्गाको कारोबार भएको थियो । विभागका अनुसार कार्तिकमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा सबैभन्दा बढी १२ सय ४६ वटा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै मालपोत कार्यालय मोरङमा ११ सय १२, भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा एक हजार २४, मालपोत कार्यालय सप्तरीमा एक हजार…
काठमाडौं, ५ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट २१ दिनका लागि उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन्…
काठमाडौं, ५ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरी निरन्तर बढ्न थालेको छ । गत हप्ता लगातार घटेको सुनको मूल्य यस हप्ताको कारोबारको सुरुवातको दिनयता लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार र सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ९५५ रुपैयाँ रहेको चाँदी यस…
काठमाडौं, ५ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ । चालू आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६४…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886