Author: Bizness Khabar
काठमाडौं, ३० चैत । पछिल्लो एक वर्ष अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता ३७ लाखभन्दा बढी थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ, जुन गत आवको साही अवधिको तुलनामा १८ दशमलव ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ करोड ६५ हजार जनसङ्ख्यामा मात्र मोबाइल बैंकिङ सेवा पुगेको थियो । यस्तै चालू आवको आठ महिनामा १८ लाख ७४ हजार ९८२ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ५ दशमलव ३८ प्रतिशतले…
काठमाडौं, ३० चैत । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन् । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रिय सभा पेश गर्नुपरेको सांसद पन्तले बताइन् । यस्तै उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताईन् ।…
काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगका ेभेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरु र कार्यकारी सदस्यहरुको समेत उपस्थिति रहेको थियो । भेटमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए । उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले…
काठमाडौं, ३० चैत । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन संचारकर्मीहरूसँग आग्रह गरे । अध्यक्ष सिलवालले भने, “बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ,बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरीब तथा विपन्न…
काठमाडौं, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधर पार्टीबाट निलम्बन भएका छन् । शुक्रबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् । अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ । पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।
काठमाडौं, एसीसी प्रिमयर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दिउँसो सवा ४ बजेदेखि सुरु हुने खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । टि–२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोली सहभागी हुनेछन् । सहभागिमा नेपालसहित बहराइन, कम्बोडिया, हङकङ, कुवेत, मलेसिया, ओमन, कतार, साउदी अरबेया र यूएईबीच खेल हुँदै छ । त्यसमध्ये समूह ए मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र हङकङ रहेका छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । आज पहिलो खेल खेल्न लागेको नेपालले…
काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् । याँ वर्षको अवसरमा शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने बताए । सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अहिले कांग्रेसको कारण नभै सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सरकारले संसदीय छानबिन समिति नबनाएसम्म…
काठमाडौं, ३० चेत । ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । गत बिहीबार आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एसियाली विकास बैंकका नेपाल…
काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ । नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएअनुसार लुम्बिनी प्रदेशमा अल्पमतमा परेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति…
काठमाडौं, २९ चेत । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदी सिफारिस भएका छन् । बिहिबार परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो । प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक १७ पुस र दोस्रो पटक २१ माघमा गरी दुई पटक आवेदन खुला गरेको थियो । छनोट तथा सिफारिस समितिमा परेका आवेदनहरूमध्ये ‘समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०७५’ मा तोकिएको छनोट प्रक्रियाका सम्पूर्ण चरणबाट सफल भएका सुवेदीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रालयले निर्देशकका लागि ६५ वर्ष उमेर…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886