Author: Bizness Khabar
काठमाडौं, १८ चैत । काठमाडौं हेटौँडा काठमाडौँ जोडिने (कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली) सडक आजदेखि अनिश्चित कालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । इन्द्र सरोवर गाउँपालिकाको ३ नं. वडा कार्यालयले एक सूचना जारी गर्दै उक्त खण्डको सडकको स्तरोन्नतिका गर्नुपर्ने भएको कारण सवारी साधनको आवागमन बन्द गरिएको बताएको छ । हाल उक्त सडक खण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्रे तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिका वडा कार्यालयले जनाएको छ । उनका अनुसार कालोपत्रे सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिनेछ । निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समय सीमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध…
काठमाडौं, १८ चैत । कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। मुख्यमन्त्री जम्कट्टेलले भोली (१९ चैत) मा प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यतालिका छ । २३ फागुनमा विश्वासको मत फिर्ता लिएको थियो । कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले २२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेश सभामा ३७ सांसद रहेको कांग्रेस केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको छ भने एमाले सरकारमा प्रवेश गरेको छ । एक…
काठमाडौं, १८ चेत । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनूसूची समेटि तयार पारको प्रतिवेदन आइतबारे अर्थमन्त्री वर्षमान पुनलाई मन्त्रालय पुगेर प्रतिवेदन बुझाएका हुन् । उक्त प्रतिवेदनले राजस्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सवलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वकै आपूर्ति ऋंखलामा परेको प्रभावबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट नेपाली अर्थतन्त्रमा पनि असन्तुलन पैदा…
काठमाडौं, १८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएको थियो । मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको बताए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दलमध्ये माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
काठमाडौं, १८ चैत । साताका कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) १७ दशमलव ३० अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ३० अङ्कले घटेर २ हजार १८ दशमलव ३३ को विन्दुमा बन्द भएको छ । आज ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक किनबेच हुँदा कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय १६ धितोपत्रको कारोबार हुँदा १ सय ७२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६३ धितोपत्रको मूल्य बढेको छ भने १० धितोपत्रको मूल्य स्थिर छ ।…
काठमाडौं, १८ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने र साम्पाङबीच भेटवार्ता भएको हो . भेटका क्रममा उनीहरूबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ । छलफलमा गृहमन्त्री लामिछानेले देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि पहल गरिरहेको बताए . लामिछानेले भने, ‘नेपाल भरि लागु औषध दुर्व्यसनीको धेरै नै ठूलो समस्या सिर्जना भइसकेको छ। सबैतिर भएपछि त्यहाँ (धरान )मा पनि समस्या ठूलै छ । यसमा विशेष अभियान नै चलाएर संयुक्त रूपमा सबै तहका सरकारहरू बसेर संयुक्त प्रयास गर्न पर्छ ।’ यस्तै…
काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयलाई छलफल गरेको छ । पर्टीको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । यस्तै बैठकमा विद्यार्थीहरुलाई राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने समेत छलफल भएको छ । रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विद्यार्थीको संख्या यथार्थमा आधारित नभई बाहिर आएको बारेमा पनि बैठकमा छलफल भएकोे बताए । उनले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ । राष्ट्रिय परिचय पत्र दिएपछि विद्यार्थीको यकिन संख्या आउँछ । अनियमितता भएको छ भने रोकिन्छ ।’ ‘विद्यार्थीलाई परिचय पत्र विरतणका लागि…
काठमार्डौं, १८ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराउनुमा लापरर्वाही रहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले उत्तरपुस्तिका हराउनुमा चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् । यस्तै उनले नजिता पर्खिरहेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् । प्रतिनिधि सभाको बैठकमा उनले भनिन्, ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए । तर, उनीहरूले नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिविले प्रकाशित गरेको छ…
काठमाडौं, १८ चैत । पछिल्लो एक वर्ष अवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा बीमा (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४३ दशमलव १६ प्रतिशत रहेको छ, जुन गत आवको फागुनसम्ममा बीमाको दायरामा आउने जनसङ्ख्याको तुलनामा १ दशमलव ३४ प्रतिशत विन्दुले कम हो । गत आवको सोही अवधिमा ४४ दशमलव ०५ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो । यस्तै एक वर्ष अवधिमा बीमाको कार्यालय सङ्ख्या पनि ८ दशमलव ८० प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा जीवन बीमा र निर्जीवन…
काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ ।’ यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886