Author: Bizness Khabar
काठमाडौं, २८ चैत । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन् । चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए । सरकारले गरेको सिफारिसभन्दा अघि नै दर्ता भएको समावेदनअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार…
काठमाडौं, २८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार कँडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।
काठमाडौं, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए । मतदानमा ५५ सदस्य सहभागी भएका थिए । मतदानअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका पुडासैनी र…
काठमाडौं, २८ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ७१ अङ्कले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर २ हजार २५ दशमलव ३० को विन्दुमा बन्द भएको छ । बुधबार ९७ लाख ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर ६१ हजार ४सय २० पटक किनबेच हुँदा कुल ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँको कारोबार भएको छ । आज ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६८ धितोपत्रको मूल्य बढेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ ।…
काठमाडौं, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने व्यवस्थाको प्राथमिकता दिएकोले यस विषयलाई कार्यान्वयनमा ल्याउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्ने र सेवालाई पूर्णतया निःशुल्क बनाउनुपर्ने बताए। यस्तै उनले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्तावेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्त गर्न नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्न जरुरी रहेको बताए । पौडेलले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको…
काठमाडौं, २८ चैत । सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार अवैध तरिकाले कुल आम्दानी गरेको पाइएको छ । तर आयोगको अनुसन्धानमा सोहि अवधिमा उनले १३ करोड २० रुपैयाँ लगानी र खर्च गरेको देखिएको हो । यसरी उनको आम्दानी र खर्च नमिल्दा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ…
काठमाडौं, २८ चैत । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि अवरूद्ध भएको छ । आकस्मिक समय सकिएपश्चात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले अवरूद्ध गरेका हुन् । अब प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्नेछ ।
काठमाडौं, २८ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाइ ध्यान दिन सरकारलाई आग्रह गरेको छ । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले सो आग्रह गरेका हुन् । उनले भने, ‘प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक बार्ता गरी संसदको यो गतिरोध अन्त्य गर्न म सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गारउन चाहन्छु ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत फागुन २४ गतेदेखि सहकारीको रकम हिनामिनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको भन्दै छानबिनको माग गर्दै आएको छ ।
काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ । बुधबार प्रतनिधि सभामा आकस्मिक समय लिएर राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले संसदीय छानबिन समिति गठनको माग गरका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गत फागुन २४ गतेदेखि गर्दै आएको छ । यही बेला राप्रपाले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको हो ।
काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै सरकारमाथि प्रश्न गरेको छ । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद रामहरि खतिवडाले यस्तो बताएका हुन् । उनले भने, ‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो ।’ जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886