Author: Bizness Khabar

काठमाडौं, २८ चैत । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । एडिनबर्ग विश्वविद्यालयका अनुसार हिग्सको ९४ वर्षको उमेरमा ८ अप्रिलमा निधन भएको हो । । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा अध्यापन गराएका थिए । उनी ‘गड पार्टिकल’ खोजीमा परिचित थिए । जसले बिग ब्याङ पछि ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने बुझाउन मद्दत गरेको थियो । सन् २०१३ मा हिग्स–बोसन सिद्धान्तको लागि उनले बेल्जियमका फ्रान्कोइस एङलर्टको साथमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । सन् १९६० को दशकमा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड कुन चिजले बनेको छ भनेर बुझाउने प्रयास गर्नुका साथै भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तरसमेत खोजेका…

Read More

काठमाडौं, २८ चैत । काठमाडौं उपत्यकाको वायु आज विश्वका वायु प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरका अनुसार विश्वका वायु प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा आज काठमाडौं उपत्यका रहेको छ । आईक्यूएयरका अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २६५ । यस्तै भारतको नयाँ डिल्ली १८८ एक्यूआईसहित वायु प्रदुषित सहरको दोस्रो नम्बरमा छ । त्यस्तै बंगलादेशको ढाका १८१ एक्यूआईसहित तेस्रो नम्बरमा छ भने १६७ एक्यूआईसहित पाकिस्तानको लाहोर चौथो नम्बरमा रहेको छ । आईक्यूएयरका अनुसार २ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वस्थरक वायु मानिन्छ भने ३ सय १ देखि ४ सयसम्मको…

Read More

काठमाडौं, २८ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय (एजेन्डा) कार्यसूचीबाट हटाइएको छ । यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । त्यसपश्चात स्थगित भएको प्रतिनिधि सभाको बैठकमा उक्त कार्यसूची राखिएको थिएन । चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भए पनि प्रतिनिधि सभाको बैठकमा उक्त कार्यसूचीमा प्रवेश…

Read More

काठमाडौं, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । साथै मन्त्रालयले अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

Read More

काठमाडौं, २७ चैत । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) बैंकको १०.२५% ग्लोबल आइएमई लि. डिबेन्चर २०८०÷८१ ’को सूचीकरण चैत २२ गतेको निर्णयानुसार खारेज भएको हो । चैत १८ गते बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ५ बर्षे अवधिको प्रति सेयर अंकित मूल्य रु १ हजार दरको १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो । उक्त ऋणपत्र चैत्र २७ गते परिपक्व भएकोले सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।

Read More

काठमाडौं, २८ चैत । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार उपमआनगर प्रमुख मनोज कुमार साहको अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उपमहानगरपालिकाले राहतका लागि छुट्याएको बजेटबाट न्युन आय भएका विपन्न बर्गको बीमा गर्ने व्यवस्था गर्न र उपमहानगरपालिको भवन तथा सम्पत्तिको बीमा गरेर बीमाको शुरूवात गर्न आग्रह गरे । अध्यक्ष सिलवालले भने, “बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नियमन गर्दै आएको छ, दाबी भुक्तानी नपाएमा प्राधिकरणमा उजूरी गर्न सकिन्छ, सबैले ढुक्क भएर बीमा गरौं…

Read More

काठमाडौं, २७ चैत । गण्डकी प्रदेशमा सरकार बनाउन सभामुखलाई पनि गणना गरेर बहुमत पु¥याइएको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति खारेजी र ठूलो दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन् । पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेश, मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी, सभामुख कृष्णप्रसाद धिताललाई विपक्षी बनाइएको छ । अन्तरिम आदेश माग गरिएकोमा त्यसमाथि छलफल गर्न बुधबार पेसी तोकिएको छ । यही चैत २५ मा प्रदेश प्रमुख डिल्लीराज…

Read More

काठमाडौं, २७ चैत । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । मंगलबार एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ । एसिसीले सार्वजनिक गरेको नेपालल टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेको छन् । एसिसी प्रिमियर कप आगामी १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् भने समूह बी मा यूएई, कुवेत, बहराइन,…

Read More

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । यस्तै प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।…

Read More

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । मंगलबारदेखि ४० बुँदे माग राखेर आन्दोलन सुरु गरेको राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा फालेको थियो भने केहीलाई पक्राउ गरेको छ । प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं । आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’ उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न समेत आह्वान गरेका छन्…

Read More