Author: Bizness Khabar
काठमाडौं, २२ फागुन । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५…
काठमाडौं, २२ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । संसद दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारीमा मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।
काठमाडौं, २२ फागुन । उत्तर कोरियाले गत हप्तादेखि वासिङ्टन र सोलले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने चेतावनी दिँदै ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ । वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताए । दुवैले ‘फ्रिडम सिल्ड’मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् । यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै प्योङयाङले…
काठमाडौं, २२ फागुन । त्रिकोणात्मक टी–२० आई शृंखलाको फाइनलको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १…
काठमाडौं, २२ फागुन । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङको आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको थियो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए । उने भने, ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनाङमा दैनिकरूपमा ५० देखि…
काठमाडौं, २२ फागुन । सिंगापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्षा पु¥याउन लागिएको छ । सिंगापुरका जनशक्ति मन्त्री तान सी लेङका अनुसार सन् २०२६ मा कर्मचारीको सेवा निवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्ष पु¥याउन लागिएको हो । लेङले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने बताएका छन् । सन् २०२३ जुनसम्म सिंगापुरका करिब २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका पुगेका छन् । सिंगापुरको कुल प्रजनन दर गत वर्ष शून्य दशमलव ९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अंकभन्दा तल झरेको थियो ।
काठमाडौं, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मन्त्री पदबाट हटाएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए । संघीय सरकारमा नयाँ गठबन्धनबाट सोमबार नै ३ जना मन्त्रीले शपथ लिइसकेका थिए । माओवादीबाट गण्डकी सरकारमा दुई जना मन्त्री थिए ।
काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महाराजगन्ज, बसुन्धरा र सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बिपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा नगर्ने भएको हो । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार अनुगनमनका क्रममा स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरिएको थियो । अस्पतालले फोहोर वर्गीकरण, फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरणमा बेवास्ता गरेका कारण फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । महानगरले यसअघि एउटा सरकारी र चारवटा निजी गरी पाँचवटा अस्पतालको फोहोर…
काठमाडौं, २२ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबल पहिलो चरणको खेल २३ चैत देखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुने जनाएको छ । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए । सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट…
काठमाडौं, २१ फागुन । आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति काठमाडौं, २१, फागुन । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न, उक्त क्षेत्रको कानूनी र संस्थागत विकास गर्न सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो । गत मंसिर २२ गते बसेको मन्त्रिपरिषदकोे बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम बीमा नीतिको मस्यौदा तयार पारेको थियो । दुर्गम तथा पिछडिएको क्षेत्रमा समेत बीमा व्यवसायको पहुँचलाई स्थापित गर्दै लैजानुपर्ने आवश्यक रहेको र बीमितको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886