Author: Bizness Khabar
कठमाडौं, २७ चैत । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको बताए । बैठकपछि उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं । त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं । आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ…
काठमाडौं, २७ चैत ।काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घर (स्टोर) मा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर आगलागी भएको आँकलन गरिएको प्रवक्ता उनको भनाई छ । आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत घटनास्थलमा पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका थिए ।
काठमाडौं, २७ चैत । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९÷८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनेछ । यस्तै सभाले चालु आव २०८०÷८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने…
काठमाडौं, २७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भुपेन्द्र राई थिए ।
काठमाडौ, २७ चैत । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । मंगलबार बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे छिन् । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।
काठमाडौं,२६ चैत । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबीबीएलः फाइनान्सियल फुटस्टेप्स्’को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । उक्त भिडियोमा १३ वटा श्रृङ्खला छन् । भिडियोको प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ । भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथनमार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने बैंकले जनाएको छ । बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी…
काठमाडौं, २६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सोमबार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले एक सूचना निकाल्दै गिरीलाई पदमुक्त गरेको हो । सूचनामा भनिएको छ, ‘‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत हुन् । आफ्नो निर्देशन पालना नगरेको भन्दै अध्यक्ष रञ्जिताले गिरीलाई फिर्ता बोलाएको…
काठमाडौं, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने तयारी रहेको बताएका हुन् । यस्तै उनले मुलुकको प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको विकास, विस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको बताए । उनले भने, ’सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।’…
काठमाडौं, २६ चैत । सभामुख देवराज घिमिरे र शिर्ष चार दलको नेताहरुबीचको छलफल विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताए । संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले उनको भनाई छ । छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले…
काठमाडौं, २६ चैत । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । प्रहरीले नेसनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी) सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ गरेको छ । म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886