Author: Bizness Khabar

काठमाडौं, २८ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको आदेश अनपेक्षित भएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले निर्देशन दिने कुरा अनपेक्षित रहेको बताएका हुन् । श्रोष्ठले अदालतको निर्देशन नेपालको न्यायीक इतिहासमै पहिलो भएको भन्दै अदालतको सम्मान र आदेश कार्यान्वयन गर्ने बताए । उक्त प्रकरणमा अनुसन्धान जारी रहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिएका थिए । त्यस्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटाकुट प्रकरणको अनुसन्धान पछिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताएका…

Read More

काठमाडौँ,२८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका हुन । उनले भने, ‘माथिल्लो तहदेखि तल्ला तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।’ प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा…

Read More

काठमाडौं, २८ माघ । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा अस्वीकृत भएको छ । पाण्डेले बुधबार दिएको राजिनामा सञ्चालक समितिले अस्वीकृत गरेको हो । पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए । अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो । २०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

Read More

काठमाडौं, २८ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण २०२२ को तथ्याङ्कअनुसार ४ लाख ९८ हजार ५८ वटा व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन्, जसमध्ये ६६ दशमलव ५ प्रतिशतको दरले ३ लाख ३३ हजार ४ सय ४९ वटा व्यापारिक प्रतिष्ठान मात्रै सरकारी निकायमा दर्ता भएका छन् । बाँकी ३३ दशमलव ०५ प्रतिशतका दरले १ लाख ६४ हजार ६ सय ९ वटा सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् । यो प्रदेशमा १ लाख ४४ हजार ४ सय ४० वटा छन् । बागमति प्रदेशमा १ लाख ४४ हजार…

Read More

काठमाडौं, २८ माघ । आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले राजीनामा दिएकी हुन् । हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोकमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो । जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन समेत भएको थियो । चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन् । सम्बोधनमा उनले भनेकी छन्, ‘म…

Read More

काठमाडौँ, २८ माघ । नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) सँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (IFRS) बमोजिम नेपालको बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि भएका तयारी, आउनसक्ने समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गर्नुहुँदै समस्या पहिचान गरी आआफ्नो भूमिका बर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने…

Read More

काठमाडौं, २६ माघ । सन् २०२४ मा माल्दिभ्सको २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद  मुइज्जुले जारी १९ औं संसद्को अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा पहिलो सम्बोधनमा २० लाख पर्यटक भित्र्याउने बताएका छन् । देशको पर्यटन उद्योग स्थापनापछि इतिहासमै पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्रिने मुइज्जुको बताएका थिए । राष्ट्रपति मुइज्जुले बेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भिआईए) को विस्तारले वर्षको मध्यसम्म औसतमा १० दशमलव ३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने समेत दाबी गरेका थिए । मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८ सय २७ बेड…

Read More

काठमाडौं, २६ माघ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख एनी–मेरी गुल्डे वुल्फ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विच भेटवार्ता भएको छ । भेटवार्तामा वित्तीय क्षेत्रको अवस्था र नेपालको अर्थतन्त्रको बारेमा छलफल भएको स्रोतले बताएको छ । आईएमएफ को एसिया प्रशान्त विभागको उपप्रमुखे वुल्फ नेपाल भ्रमण आएकी छन् । कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम–कारबाही सुक्ष्म रुपमा हेर्ने वुल्फ नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा आर्थिक तथा वित्तिय क्षेत्रमा सुधार गर्ने गरी जनाएका प्रतिवद्धताको अवस्थाका विषयमा जानकारी लिन नेपाल भ्रमणमा आएकी हुन् । ईसीएफको चौथो किस्ता निकासा गर्नुअघि कोषका तर्फबाट आगामी…

Read More

काठमान्डौँ, २६ माघ नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्नका लागि आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति आगामि फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार फागुन २ देखि ५ गतेसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको हो । मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने बताएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि डा. उत्तरकुमार रेग्मी, ई. कमलेन्द्रलाल कर्ण, ई. डा डोलप्रसाद चापागाईं र ई. सहदेव चन्द प्रतिस्पर्धामा छन् । त्यस्तै पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी प्रतिस्पर्धामा…

Read More

काठमाडौँ, २६ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगी र भ्रष्टाचार गर्नेहरूलाई प्रहरीले समात्दा राजनीतिक दबाब र वक्तव्यबाजी भएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार अध्यागमन विभागको ई. भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै श्रेष्ठले त्यस्तो दबाब नदिन समेत उनले आग्रह गरेका छन् । श्रष्ठले पहुँचवालाहरु पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए । उनले भने, ’हुने खाने वर्ग, जसको राज्यमा पहुँच, उनीहरू कारबाहीमा परे भने ठूलाठूला संस्थाहरूले र अरुले वक्तव्यबाजी गर्ने, कारबाही गर्न हुन्न भनेर । कर्मचारी काबारहीमा परे भने कर्मचारी संगठनले कराउने, त्यसो ग¥यो भने जालसाझी, ठगी, भ्रष्टाचार, राज्य लुट्ने…

Read More