Author: Bizness Khabar

काठमाडौं, २५ चैत । थ्रीस्टार हाईड्रो पावरको वार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले आगामी वैशाख २३ गते बस्ने गरी साधारणसभा आह्वान गरिएको हो । उक्त सभाले हकप्रद सेयर निष्कासन गर्ने, उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने तथा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सर्वसाधारण सेयरधनी समूह (ख) का दुई जना सञ्चालकको निर्वाचन गर्नेलगायत प्रस्ताव पारित गर्नेछ । कम्पनीका अनुसार सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिने छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने…

Read More

काठमाडौं, २५ चैत । एनआईसी एशिया बैंकका ऋणीले चैत मसान्तसम्मको ब्याज तथा किस्ता बुझाएमा चैतसम्म लाग्ने जरिवाना तथा हर्जना छूट गर्ने भएको छ । बैंकले आइतबार छूटसम्बन्धी योजना सार्वजनिक गर्दै मुलुकमा रहेको आर्थिक शिथिलताका कारण बैंकका कर्जा ग्राहकमा परेको असर न्यूनीकरण गर्न उक्त योजना ल्याइएको जनाएको छ । पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा उक्त योजना लाग हुने बैंकले जनाएको छ । बैंकले भनेको छ, ‘ऋणीले आफ्नो २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८०…

Read More

काठमाडौं, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । अधिकारीलाई नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालको समेत समर्थन छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र…

Read More

काठमाडौं, २५ चैत । स्लोभाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएको छ । कूल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्व विदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाएको देखिएको छ । पेलेग्रिनीले सन् २०१८ देखि २०२० सम्म स्लोभाकियाको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए भने कोर्कोकले २०२० देखि २०२२ सम्म देशको विदेश मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए । मार्च २३ मा भएको नौ जना उम्मेदवारहरू सम्मिलित पहिलो चरणको निर्वाचनमा कोर्कोकले ४२.५१ प्रतिशत र पेलेग्रिनीले ३७.०२ प्रतिशत मत पाएका थिए । स्लोभाकियाको राष्ट्रपति प्रत्यक्ष निर्वाचनमा…

Read More

काठमाडौं, २५ चैत । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटिएको छ । आइतबार बिहान सिरहाको विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् । सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार यादवले सिराहाको ग्लोबल बैंकबाट १५ लाख ५० हजार रुपैयाँ निकालेर लगेका थिए । उक्त रकम सिराहको सदरमुकाममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हतियारधारी समूहले पेस्तोल देखाउँदै लुटेको सापकोटाले बताए । उक्त समूह भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Read More

काठमाडौं, २५ चैत । अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् । आइतबार वीरगञ्ज उद्योग बाणिज्य संघको विर्तास्थित कार्यालयमा राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले मधेस प्रदेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको बताए । यस्तै पुनले देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका जायज गुनासोको सम्बोधन बजेटमार्फत गरिने उनको भनाइ थियो । मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहे पनि युद्ध र महामारीजस्ता कारणले विश्वव्यापी सप्लाई…

Read More

काठमाडौं, २५ चैत । चालू आर्थिक वर्ष २०८०८१ को आठ महिनामा धितोपत्र बजार पूँजीकरण ३३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०८१ को आठ महिनामा धितोपत्र बजार पँुजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको फागुनसम्ममा धितोपत्र बजार पूँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ थियो । यस्तै राष्ट्र बैंकका अनुसार चालू आवको फागुन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्क २ हजार १ सय ८ दशमलव ७३ को विन्दुमा पुगेको छ, जुन गत आवको सोही…

Read More

काठमाडौं, २५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । आइतबार अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । दाबी पेस गरेपछि नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस…

Read More

काठमाडौं, २५ चैत । कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । बैंकका अनुसार उक्त सुविधामार्फत ग्राहकले विनाकुनै धितो बैंकिङ एपबाटै ग्राहकले दुई लाख रुपैयाँसम्म तुरुन्तै कर्जा प्राप्त गर्न सकिनेछ । यस बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार मोबाइल बैंकिङ एपबाट कर्जा लिन, मासिक किस्ताका आधारमा उक्त कर्जाको भुक्तानी तीनदेखि एक वर्षसम्म तय गर्न सक्ने बैंकले जनाएको छ । साथै पूर्वभुक्तानीको विकल्प पनि रहेको बैंकले जनाएको छ । एडिबिएल इन्स्ट्यान्ट फोन लोनका लागि योग्य ठहरिएका ग्राहकले ‘बाई नाउ, पे लेटर’को सुविधा पनि प्राप्त गर्न सकिने छ । साथै यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न…

Read More

काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो । उक्त दस्तावेजमा राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । यस्तै देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ । यस्तै पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गरेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ भने उपाध्यक्ष बेदुराम भुसालले तयार पारेको विधान…

Read More