Author: Bizness Khabar

काठमाडौं, १६ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले न्यूनतम मूल्य २०८ रुपैयाँमा ५ लाख १३ हजार ३ सय २५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । लगानीकर्ताले बोलपत्र पेस गर्दा आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान…

Read More

काठमाडौँ, १६ फागुन । नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि अर्थ मन्त्रालयले सिफारिस सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । बोर्डमा लामो समयदेखि रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितो पत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आवेदन माग गरिने कार्यविधिमा उल्लेख छ । बोर्डको अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट…

Read More

काठमाडौं, १६ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता विक्री खुल्ला गरेको थियो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र…

Read More

काठमाडौं, १५ फागुन । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्र प्रसाद पण्डितलाई दिइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पण्डितलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । तत्कालीन महाशाखा प्रमुख केदारनाथ शर्मा कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएसँगै लामो समय रिक्त हुन पुगेको महाशाखामा पण्डितलाई ल्याइएको हो । ललितपुर प्रमुख जिल्ला अधिकारी रहेका पण्डित बालकुमारी घटनापछि मन्त्रालय झिकाइएको थियो । प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएपछि प्रशासन महाशाखा सह–सचिवविहीन थियो । समायोजन समितिको सह–संयोजकमा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासनका…

Read More

काठमाडौं, १५ फागुन । मंगलबार नेप्से परिसूचक ९ दशमलव ३४ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक २ दशमलव ३४ अङ्कले बढेर २ हजार १ ६५ को बिन्दुमा बन्द भएको छ । आज ५२ लाख ३९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा कुल १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सइ २६ रुपैयाँको कारोबार भएको छ । आज ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ४३ धितोपत्रको मूल्य बढेको छ । त्यस्त ८८ धितोपत्रको मूल्य घटेको छ भन १७ धितोपत्रको मूल्य स्थिर छ । कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढेको छ…

Read More

काठमाडौं, १५ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । प्राधिकरणले इन्जिनियर नलबहादुर थापाको अध्यक्षतामा बनाएको समितिले दिएको प्रतिवेदनअनुसार धरानमा विमानस्थल निर्माण सम्भव नरहेको बताएको छ । हवाई नीति विपरीत ४० नटिकल माइलभित्रै अर्को विमानस्थल रहेको, एकतर्फी मात्रै यात्रु हुने तथा वानवे एप्रोच हुने, नियमित व्यवसायीक उडानको सम्भाव्यता नभएको र प्राविधिक रुपले पनि विमानस्थल निर्माण संभावना नभएको प्राधिकरणको अध्ययन समितिको निष्कर्ष छ । यस अघि पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा धरानमा विमानस्थल निर्माण गर्न अध्ययन समिति गठन भएको थियो । समितिले दिएको प्रतिवेदन अनुसार विमानस्थ निर्माण नै असम्भव भएको पनि प्राधिकरणको ठहर छ…

Read More

काठमाडौं, १५ फागुन । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए । त्यस्तै नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । यस्तै लोफ्टी इटनले १०१ रन बनाउँदैे ३३ बलमा शतक पूरा गरेर कुशल मल्लको कीर्तिमान समेत तोडेका…

Read More

काठमाडौं, १५ फागुन । सरकारले ९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कालोसूचीमा पर्ने कम्पनीहरूको नाम सार्वजनिक गरेको हो । कम्पनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्म अर्को ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनु्गमन कार्यालयले बताएको छ ।

Read More

काठमाडौं, १५ फागुन । प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न निषेध गरेको छ । सोमबार लघुवित्तका ऋणीहरुको समूह नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो । सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ । सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन्…

Read More

काठमाडौं, १५ फागुन । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतम पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सेञ्चु्रीको कर्जा अपचलन प्रकरणमा पूर्वसिइओ गौतमलाई पक्राउ गरेको हो । यसअघि सेञ्चुरका पूर्वसिइओ तथा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परिसकेका छन्। प्रहरीले प्रभुका बहालवाला (पूर्वसेञ्चुरी बैंक) कर्मचारी र सेञ्चुरीका पूर्वकर्मचारी गरी ९ जनालाई पक्राउ गरेको छ । गौतम र न्यौपानेमाथि बैंकले समस्याग्रस्त देउराली सहकारीसँग मिलेर ऋण प्रवाह गरेको आरोप छ ।

Read More