Author: Bizness Khabar

काठमाडौं, २३ चैत । चालू आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह साढे ९ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८÷०८१ को आठ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि हो । गत आवको फागुनसम्ममा ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । फागुनसम्म्मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) २ लाख ८६…

Read More

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको १८८ दिने निक्षेपमा ३२ करोड रुपैयाँ २०८१ वैशाख ३ गतेदेखि २०८१ कात्तिक ३ गते गतेसम्म (६ महिना) अर्थात १८८ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा २५ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा ४ करोड ८० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १ करोड ६० लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ । इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले…

Read More

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताए । उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताउदँदै स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए । उनले भने, ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । अहिलेको गठबन्धनले देशको आर्थिक विकास हुने सम्भावना छैन । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा हरेक प्रदेशमा आइसकेको छ…

Read More

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार लगानी बोर्डको ५७ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । यस्तै उनले सेवा प्रवाह स्पष्ट, छिटो–छरितो गर्न निर्देशनसमेत दिएका छन् । परम्परागत र सामान्य उपलब्धी दिने गरी काम गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले बदलिंदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘छोटो समयमा देशको द्रुत आर्थिक वृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुने गरी परिणाम दिनुपर्छ,’ यसका…

Read More

काठमाडौं, २२ चैत । आज साताको कारोबारको अन्तिम दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्स)े परिसूचक २ दशमलव ७३ अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घटेर २ हजार ४ दशमलव ०५ को विन्दुमा बन्द भएको छ । आज ७९ लाख ६३ हजार ३ सय ५९ कित्ता शेयर ५६ हजार ३ सय २१ पटक किनबेच हुँदा कुल ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय ७ रुपैयाँको कारोबार भएको छ । आज ३ सय २ धितोपत्रको कारोबार हुँदा १ सय २८ धितोपत्रको मूल्य घछटेको छ । त्यस्तै १०६ धितोपत्रको मूल्य बढेकोे छ भने ११…

Read More

काठमाडौं, २२ चैत । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गरेपछि एमालेले लिने भनेको सहमति हटाइएको थियो । राष्ट्रयसभा उपाध्यक्षका लागि यहि चैत २८ गते निर्वाचन हुँदै छ ।

Read More

काठमाडौं, २२ चैत । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान छ । कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १४ गते काठमाण्डौ रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी उक्त सभा आह्वान गरेको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको साबिकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९÷७०, २०७०÷७१ र २०७१÷७२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष…

Read More

काठमाडौं, २२ चैत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले लेखापरीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ । यससँगै बैठकले लेखा परीक्षकवाट प्रमाणित लेखापरीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९÷०८० को वासलात, नाफा नोक्शान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको ५ औं वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई अनुरोध गर्ने…

Read More

काठमाडौं, २१ चैत । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्स सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने कम्पनी जनाएको छ ।

Read More

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर कांग्रेसले गलत गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि लागेका आरोप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको बताएका हुन् । आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भनी उनले प्रश्न गरेका छन् । उनले भने, ‘संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ’, र्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं, आरोप…

Read More