Author: Bizness Khabar

काठमाडौं, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिने भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार थिउनन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो । तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन पछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेका थिए । त्यसपछि मुख्यमन्त्री शर्मा…

Read More

काठमाडौं, २१ चैत । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २२ रनले पराजित भएको छ । जितका लागि १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले विकेट गुमाएको थियो ।…

Read More

काठमाडौं, २१ चैत । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । यस्तै दाहालले निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् । गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष आर्यालले पदबाट राजीनामा गरेकी थिइन् । अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरुले सहमति भने भइसकेको छैन ।

Read More

काठमाडौं, २१ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा चैत २७ गतेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको दिई संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई सो आह्वान गरेका हुन् । भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिएका थिए ।

Read More

काठमाडौं, २१ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएकी छन् । बुधबार पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा सामेल छन् । अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

Read More

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको हो । उनले बुधबार समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाए लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । हाल गिरी कृषि राज्यमन्त्री छन् । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही…

Read More

काठमाडौं, २१ चैत । स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपाल सरकारले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका निम्ति प्रोत्साहित गरिदिन स्विस सरकारसँग आग्रह गरेको छ । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलवार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेको जेनेभास्थित नेपालको राजदूतावासले जानकारी दिएको छ । वैशाखमा हुने लगानी सम्मेलनमा सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारसँग नेपाल सरकाले अनुरोध गरेको हो । बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तन लगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचार विमर्श भएको थियो। दुवै देशबिच उच्चस्तरीय भ्रमण आदानप्रदान,अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति…

Read More

काठमाडौं, २१ चैत कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने गरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित भएको मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रूपमा रहेको बताइन् । यस्तै साहले मकैलाई प्रोत्साहन हुने गरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिने गरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताइन् । पछिललोसमय नेपालमा मकैको उत्पादन घटेको उनको भनाई छ । यस्तै साहले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरूलाई प्रोत्साहन दिने गरी कार्यक्रमहरू ल्याउने र मकैलाई बढावा दिने गरी नीति निर्माण गरिरहेको बताइन् । उनले नेपाललाई…

Read More

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने विषय कायमै राखेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहो¥याएका उन् । उनले सभामुखको ध्यानाकर्षण गराउदै संसदीय छानबिन समितिबाट आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई रहेकोे बताए । उनले भने, ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृहमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलो स्वरमा भन्न…

Read More

काठमाडौं, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे अल्पमतमा परेका थिए । मुख्यमन्त्री पाण्डेले २२ गते संसद्मा विश्वासको मत लिनुपर्ने भए पनि विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएका हुन् । उनले राजिनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीतिसमेत अपनाएका छन् ।

Read More