Author: Bizness Khabar

काठ्माडौं, १९ चैत । अर्थ मन्त्रालयले वाणिज्य बैंकहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउँने व्यवस्था हटाएसँगै अब बैंकहरुले स्थानिय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने भएका छन् । ।संद्यीय सरकारबाट स्थानीय तहमा जाने पैसाबाट वाणिज्य बैंकहरुले ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था अर्थमन्त्री वर्षमान पुनले सोमबार हटाएको अर्थमन्त्रालयले जनाएको छ । यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुलाई उक्त सुविधा दिएका थिए । अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्यव महाशाखाले राष्ट्र बैंकलाई पत्र पठाउदै भनेको छ, ‘स्थानीय तहको सञ्चितकोषमा मौज्दात रहेको रकमको निश्चित प्रतिशत अंक वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्ने व्यवस्था हटाउने माननीय मन्त्रीस्तरबाट मिति २०८०…

Read More

काठमाडौं, २१ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने इलाम–२ मा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन २० दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ । जिल्ला…

Read More

काठमाडौं, २१ चैत । गाजाका युद्ध प्रभावितहरुलाई सहयोग गर्दै आइरहेको संस्था वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको यो आक्रमणपछि वर्ल्ड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ । संस्थाले गाजाका युद्ध प्रभावितहरु समक्ष खाद्यान्न र पानी पु¥याउदै आएको छ । इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वर्ल्ड सेन्ट्रल किचनले जनाएको छ । बीबीसीका अनुसार उनीहरुमाथि इजरायली सेनाले हवाई आक्रमण गरेको थियो । वर्ल्ड सेन्ट्रल किचनका कर्मचारीहरु तीनवटा गाडीमा थिए…

Read More

काठमाडौं, २१ चैत । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत वर्षका मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयरको घोषणा गरेको छ । यस्तै २४.७४ प्रतिशतले हुन आउने १…

Read More

काठमाडौं, २० चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)े परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले घटेर २ हजार १० दशमलव २१ को विन्दुमा बन्द भएको छ । आज ६१ लाख ३१ हजार ६ सय २१ कित्ता शेयर ४६ हजार २ सय ३५ पटक किनबेच हुँदा कुल २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३ सय १२ धितोपत्रको कारोबार हुँदा १ सय २७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १ सय ९ धितोपत्रको मूल्य बढेको छ भने ८ धितोपत्रको मूल्य स्थिर छ । यस्तै…

Read More

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी हाल माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् । खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार थिए । उक्त प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।

Read More

काठमाडौं, २० चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाहिरबाट प्रशिक्षार्थी कर्मचारी भर्ना गरेर काम गराउन ल्याएको कार्यविधिमाथि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठककोनेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले विशेष समयमा बाल्दै मन्त्री श्रेष्ठले निजामती कर्मचारीलाई बाइपास गरेर बाहिरबाट कर्मचारी भर्ना गर्न खोजेकोप्रति आपत्ति जनाएका छन् । शिक्षा मन्त्रालयका विभिन्न शाखामा रहेका निजामती कर्मचारी कामविहीन भइरहेको अवस्थामा बाहिरबाट कर्मचारी भर्ना गर्नुको औचित्य नहुने उनको भनाई छ । उनले भइरहेका कर्मचारीमाथि अविश्वास गरेर र त्यसरी बाहिरबाट प्रशिक्षार्थी कामदार ल्याउँदा सरकारी सूचनाको गोपनीयता भङ्ग हुने बताए । प्रतिनिधि सभामा उनले भने–‘भइरहेका कर्मचारीलाई अविश्वास गरी…

Read More

काठमाडौं, २० चैत । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते (बिहीबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । यस लगतै प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवाश्यक पर्छ । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । गठबन्धनसँग माओवादीका १०…

Read More

काठमाडौं, २० चैत । लामो समयदेखि रोकीएको साधारण सेयर (आइपीओ) अर्काे सातादेखि नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिने भएको छ । बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारी अबको केही दिनबाट आवश्यक कागजात पुरा गरेका कम्पनीलाई सन्चालक बोर्डले पास गरेपछि सेयर निष्कासन गर्न दिने बताए । केही दिनअघी अर्थमन्त्री बर्षमान पुनले आईपीओ निष्कासन प्रकृया अघी बढाउन निर्देशन दिएको र त्यही अनुसार काम अघी बढाएकोले अर्को साताबाट आवश्यक प्रकृया अघी बढ्ने उनको भनाइ छ । अर्थमन्त्री पुनले बोर्डको पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएका छन् । अहिले ३५ वटा कम्पनी आईपीओ निष्काशनको प्रकृयामा…

Read More

काठमाडौं, २० चैत । सरकारले समस्याग्रस्त घोषणा गरेपछि काठमाडौँको कुलेश्वर स्थित गौतमश्री बहुउदेश्य सहकारी संस्था लिमिटेड सर्वोच्च अदालत पुगेको छ ।सहकारीका अध्यक्ष राम बहादुर गौतमले आफ्नो सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने विषयमा भएका सम्पुअर्ण निर्णय बदर गर्न माग गर्दै चैत्र १८ गते सर्वोच्चमा रिट दायर गरेका हुन् । गौतमले उक्त रिटमा नेपाल सरकार,भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति, सहकारी रजिष्ट्रार कार्यालय कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका छन् । उक्त रिटमा चैत्र १९ गते सोमबार सर्वोच्चका न्यायधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले उक्त रिटको सुनुवाई गर्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएकोमा सम्पूर्ण विपक्षीको नाममा कारण…

Read More