Author: Bizness Khabar

काठमाडौं, २० चैत । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै वर्ष २०२४ मा ३.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । गत जनवरी (पुस)मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । गत वर्ष २०२३ मा आर्थिक वृद्धि २.२ प्रतिशत रहेको विश्व बैंकले जानकारी दिएको छ । तर सरकारले भने यो आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार अर्को वर्ष भने ४.६ प्रतिशत आर्थिक वृद्धि हुनेछ । सरकारले वर्ष…

Read More

काठमाडौं, २० चैत । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन् । कर्णाली प्रदेश सभाको बैठक मंगलबार (आज) दिउँसो तीन बजे बस्दैछ । माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले भने, ‘केन्द्रको निर्देशन ढिला गरी आयो, प्रक्रिया अघि बढिसकेको हुनाले रोक्न नसकिने भनेर हामीले जानकारी गराइसकेका छौं । अहिलेसम्मको परिस्थतिअनुसार विश्वासको मत लिने भन्ने नै छ ।’ सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो । सोहीअनुसार प्रधानमन्त्री…

Read More

काठमाडौं, २० चैत । नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बस्न लागेको हो । संसदीय बोर्डको बैठक दिउँसो २ बजे र कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदीय बोर्डको बैठकले गरेको निर्णय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाममा तत्कालीन एमालेका…

Read More

काठ्माडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् । पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ । सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । उक्त विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम…

Read More

काठमाडौं, २० चैत । हिमालयन बैंकले संस्थापक सेयरधनी स्वामित्वको १३ लाख २७ हजार ८६७ कित्ता सेयर आजदेखि बिक्री खुलाएको छ । मंगलबार बैंकले एक सूचना निकाल्दै बैंकका ८ संस्थापकले उल्लिखित सेयर बेच्न निवेदन दिएकाले बिक्री खुलाएको जनाएको छ । सेयर खरिदमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जोकोहीले चैत २० देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा खरिद परिणाम खुलाएर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । साथै बैंकले संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्यसम्बन्धी जानकारी केन्द्रीय कार्यालयबाटै लिनुपर्ने बताएको छ । यदि तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरे सर्वसाधारणलाई बिक्री खुलाइने बैंकले…

Read More

काठमाडौं, २० चैत । सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायतका छन् । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् । सोमबार भएको उक्त आक्रमण कसले गरेको हो भन्ने खुल्न नसकेको बीबीसीले जनाएको छ । इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । इजरायलको सेनाले विदेशी मिडियाको रिपोर्टमा कुनै टिप्पणी नगर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । सीरियाको रक्षा…

Read More

काठमाडौं, १९ चैत । नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए । आयरल्यान्ड ए लाई ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर…

Read More

काठमाडौं, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेट्लले विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै विस्वासको मता मागेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ । एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।

Read More

काठमाडौं, १९ चैत । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङकाअनुसार इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको हो । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ । भने कांग्रेसले उम्मेदवार चुन्न मंगलबार बैठक बोलाएको छ ।

Read More

काठमाडौं, १९ चैत । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना ऋणीको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरूको धितो लिलामीको निमित्त सूचना प्रकाशित गरेको हो । संस्थाबाट कर्जा लिएर चुक्ता नगरेपछि बैंकले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ । धितोमा रहेको उल्लेखित सम्पत्तिहरू गोप्य सिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको सर्तमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिन आग्रह गरेको छ ।

Read More