Author: Bizness Khabar
काठमाडौं, ११ फागुन । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ । आइएमई पे मार्फत प्राप्त गर्न सकिने उक्त सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ । ३ सय ६५रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँ सम्मको बिमा दाबी प्राप्त गर्न सक्ने छन् । त्यस्तै बिमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि बिभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् । व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने…
काठमाडौं, ११ फगुन । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को ४ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को कारोबारबाट प्राधिकरणले उक्त रकम संकलन गरेको हो । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै रोयल्टी तिर्ने कम्पनी एनसेल छ । एनसेलले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी राजस्व बुझाएको छ । कम्पनीले गत आर्थिक वर्षमा रोयल्टीबापत राज्य कोषमा १ अर्ब ४७ करोड र ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापत ७३ करोड ७५ लाख रुपैयाँ तिरेको प्राधिकरणले बताएको छ । यस्तै, सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०७९÷८० मा रोयल्टीबापत…
काठमाडौं, ११ फागुन । कृषि विकास बैंकले १ सय १२ पदमा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म १ सय १२ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ८ औं तहमा अधिकृत स्तरका २ जना शाखा प्रमुख, ७ औं तहका लागि २ जना वरिष्ठ लेखा अधिकृत, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, आइटी इन्जिनियर १ जना, र कर्जा अधिकृतमा ६ जना माग गरेको छ । त्यस्तै व्यवसाय सहायक १६ जना, एकजना कानुन सहायक, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र ४६ जना लेखापाल मागेको छ…
काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । उनले भने, ‘आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमान्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुप¥यो । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ ।’ सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन…
काठमाडौं, १ज्ञ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले मुनाफामा सरिक हुनेगरी उक्त अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यस्तै कम्मनीले जीवन आनन्द बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण…
काठमाडौं, ११ फगुन । अमेरिकामा फेरि बैंकिङ क्षेत्रमा संकट देखिन थालेको छ । ११ महिनाअघि देशका धेरै बैंक टाट पल्टिने अवस्थामा पुग्दा सिग्नेचर बैंक पनि थियो । यो बैंक किनेको न्यूयोर्क सामुदायिक बैंक अहिले ध्वस्त हुने अवस्थामा पुगेको खबर सार्वजनिक भएको छ । मुडीजले बैंकको क्रेडिट रेटिङ घटाएको छ भने कम्पनीको सेयर बिहीबार ३१ प्रतिशतले घटेको छ । पछिल्लो एक महिनामा यसको मूल्य करिब ७० प्रतिशतले घटेको छ । यसको मार्केट क्याप जनवरी १ देखि ७ अर्ब डलरभन्दा बढीले घटेको छ यस्तै सन् १९९७ यताकै न्यून स्तरमा कारोबार भइरहेको छ । यसको ६० प्रतिशत सम्पत्ति एफडीआईसी बीमाद्वारा कभर गरिएको छ…
काठमाडौं, ११ फागुन । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष (आव)२०७९÷८० को मिति २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरण अनुसार साविकको ज्योति लाइफ इन्स्योरेन्स मुनाफामा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने र साविकको ज्योति लाइफको पूँजी,रिजर्भ,लगानी रकम,जीवन बीमा कोष लगायतको सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा समायोजन गर्ने निर्णय गरेको छ । कम्पनीले आव २०७९÷८० मा लाभांश वितरण नगर्ने प्रस्तावसहित कम्पनीको वित्तीय विवरण…
काठमाडौं, ११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले ९८ जना कर्मचारी माग गरेएको छ । शुक्रबार सूचनामार्फत प्राधिकरणले उक्त संख्यामा कर्मचारी माग गरेको हो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१ असार मसान्तसम्म रिक्त हुने पद पूर्तीका लागि आवेदन माग गरिएको बताएको छ । ४३ जना एयर ट्राफिकसहित १०औं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत गरी कर्मचारी माग गरेको हो। आगामी चैत १ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले बताएको छ ।
काठमाडौं, १० फगुन । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन् । महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गएको हो ।
काठमाडौं, १० फगुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन् । बिहिबार विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको बताइएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886