Author: Bizness Khabar

काठमाडौं, १९ चैत । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको हो । रायविरुद्ध १० दिनभित्र कुनै उजुरी वा गुनासो आए समितिमा छलफल हुने र नआए नियुक्तिसम्बन्धी निर्णय पारित हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए । राय हाल राष्ट्रिय तथ्यांक कार्यालय प्रमुख रहेका छन् । संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं, १९ चैत । नवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग गरेका थिए । भेटवार्तामा उनिहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए । भेटवार्तामा उनिहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र…

Read More

काठमाडौं, १९ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दे २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । यसअघि ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि सोमबार सार्वजनिक सूचना जारी गर्दे सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो । चित्त बुझ्दो जवाफ नदिए कार्यालयले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउनेछ । स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् । चन्द्रपुर नगरपालिका, नगर कार्यापालिकाको कार्यालय,चन्द्रनिगाहपुरले रोशिस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पौराई बाबा कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । यी…

Read More

काठमाडौं, १९ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जानकारी दिदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुबाट आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा सुझाव पेश गर्न आग्रह गरेको छ । उक्त सुझाव आगामी वैशाख मसान्तभित्र बुझाउन मन्बालयले सबैमा आह्वान गरेको छ । सुझावहरु मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर दिन सकिने मन्त्रालयले…

Read More

काठमाडौं, १९ चैत । स्मार्ट फोन ब्रान्ड शाओमीले फ्ल्यागशिप ’स्मार्टफोन शाओमी १४’ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमसहित बजारमा आएको कम्पनीले जनाएको छ । उक्त स्मार्ट फोन प्रयोगकर्ताले उत्कृष्ट फोटोग्राफी आनन्द लिन सक्ने कम्पनीले बताएको छ । शाओमी १४ मा ६.३६ इन्चको एमोलेडएलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाटवायर वा ५० वाटवायरलेस चार्जिंग व्यवस्था रहेको कम्पनीले जनाएको छ । सो स्मार्ट फोनमा ४ हजार ६ सय १० एमएच क्षमता भएको ब्याट्री उपलब्ध छ । उक्त फोनमा एआई फेस अनलक, अनस्किृन फिङ्गरप्रिन्टलगायत फिचर छन् । साथै डुअल सिमकार्ड सपोर्ट,…

Read More

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको सामान्य लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो । गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । उनले १४ औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । यस्तै करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर…

Read More

काठमाडौं, १८ चैत । प्रतिनिधिसभा बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयक स्वीकृत भएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक अघि बढाइएको उल्लेख गरेका छन् । साथै उनले प्रस्तुत गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

Read More

काठमाडौं, १८ चैत । काठमाडौं हेटौँडा काठमाडौँ जोडिने (कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली) सडक आजदेखि अनिश्चित कालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । इन्द्र सरोवर गाउँपालिकाको ३ नं. वडा कार्यालयले एक सूचना जारी गर्दै उक्त खण्डको सडकको स्तरोन्नतिका गर्नुपर्ने भएको कारण सवारी साधनको आवागमन बन्द गरिएको बताएको छ । हाल उक्त सडक खण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्रे तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिका वडा कार्यालयले जनाएको छ । उनका अनुसार कालोपत्रे सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिनेछ । निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समय सीमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध…

Read More

काठमाडौं, १८ चैत । कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। मुख्यमन्त्री जम्कट्टेलले भोली (१९ चैत) मा प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यतालिका छ । २३ फागुनमा विश्वासको मत फिर्ता लिएको थियो । कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले २२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेश सभामा ३७ सांसद रहेको कांग्रेस केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको छ भने एमाले सरकारमा प्रवेश गरेको छ । एक…

Read More

काठमाडौं, १८ चेत । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनूसूची समेटि तयार पारको प्रतिवेदन आइतबारे अर्थमन्त्री वर्षमान पुनलाई मन्त्रालय पुगेर प्रतिवेदन बुझाएका हुन् । उक्त प्रतिवेदनले राजस्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सवलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वकै आपूर्ति ऋंखलामा परेको प्रभावबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट नेपाली अर्थतन्त्रमा पनि असन्तुलन पैदा…

Read More