Author: Bizness Khabar

काठमाडौं, १८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएको थियो । मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको बताए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दलमध्ये माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

Read More

काठमाडौं, १८ चैत । साताका कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) १७ दशमलव ३० अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ३० अङ्कले घटेर २ हजार १८ दशमलव ३३ को विन्दुमा बन्द भएको छ । आज ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक किनबेच हुँदा कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय १६ धितोपत्रको कारोबार हुँदा १ सय ७२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६३ धितोपत्रको मूल्य बढेको छ भने १० धितोपत्रको मूल्य स्थिर छ ।…

Read More

काठमाडौं, १८ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने र साम्पाङबीच भेटवार्ता भएको हो . भेटका क्रममा उनीहरूबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ । छलफलमा गृहमन्त्री लामिछानेले देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि पहल गरिरहेको बताए . लामिछानेले भने, ‘नेपाल भरि लागु औषध दुर्व्यसनीको धेरै नै ठूलो समस्या सिर्जना भइसकेको छ। सबैतिर भएपछि त्यहाँ (धरान )मा पनि समस्या ठूलै छ । यसमा विशेष अभियान नै चलाएर संयुक्त रूपमा सबै तहका सरकारहरू बसेर संयुक्त प्रयास गर्न पर्छ ।’ यस्तै…

Read More

काठमाडौं,  १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयलाई छलफल गरेको छ । पर्टीको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । यस्तै बैठकमा विद्यार्थीहरुलाई राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने समेत छलफल भएको छ । रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विद्यार्थीको संख्या यथार्थमा आधारित नभई बाहिर आएको बारेमा पनि बैठकमा छलफल भएकोे बताए । उनले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ । राष्ट्रिय परिचय पत्र दिएपछि विद्यार्थीको यकिन संख्या आउँछ । अनियमितता भएको छ भने रोकिन्छ ।’ ‘विद्यार्थीलाई परिचय पत्र विरतणका लागि…

Read More

काठमार्डौं, १८ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराउनुमा लापरर्वाही रहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले उत्तरपुस्तिका हराउनुमा चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् । यस्तै उनले नजिता पर्खिरहेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् । प्रतिनिधि सभाको बैठकमा उनले भनिन्, ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए । तर, उनीहरूले नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिविले प्रकाशित गरेको छ…

Read More

काठमाडौं, १८ चैत । पछिल्लो एक वर्ष अवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा बीमा (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४३ दशमलव १६ प्रतिशत रहेको छ, जुन गत आवको फागुनसम्ममा बीमाको दायरामा आउने जनसङ्ख्याको तुलनामा १ दशमलव ३४ प्रतिशत विन्दुले कम हो । गत आवको सोही अवधिमा ४४ दशमलव ०५ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो । यस्तै एक वर्ष अवधिमा बीमाको कार्यालय सङ्ख्या पनि ८ दशमलव ८० प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा जीवन बीमा र निर्जीवन…

Read More

काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ ।’ यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए  । प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले…

Read More

काठमाडौं, १८ चैत । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले राय लाई महालेखा परीक्षकमा नियुक्त गर्न सिफारिस गरेको हो । राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी (सचिव)को रुपमा कार्यरत छन् । उनी पूर्व अर्थसचिव समेत भइसकेको छन् । अब उक्त सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त रहेको थियो ।

Read More

काठमाडौं, १८ चैत । नेपाली कृषि वैज्ञानिकहरूको साझा संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास) नेपालले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । “कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली” भन्ने मूल नाराका साथ आगामी बुधबार आठौँ साधारण सभा गर्न लागिएको हो । सम्मेलनमा करिब पाँच सय जनाको उपस्थिति हुनेछ । यस्तै नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन कार्यक्रमले उदेश्य रहेको छ । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा कालिकाप्रसाद उपाध्यायका अनुसार उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्नेछ ।

Read More

काठमाडौं, १८ चेत । त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज नेपालले भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपालले दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरि र कुशल मल्ल प्रमुख हतियार हुन् । नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ भने चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । चैत २५ मा…

Read More