Author: Bizness Khabar
March 31 Korea International Cooperation Agency (KOICA) organized a Consultative Workshop for its Volunteer Partner Organizations on March 29, 2024 in Lalitpur. The workshop aimed to review and evaluate KOICA’s volunteer program by sharing and exchanging the best practices and creative ideas to improve the volunteer program in Nepal among volunteer-related organizations. The workshop gave a platform to discuss ways to promote a better working environment for Korea Overseas Volunteers and effective implementation of the Volunteer program in the future. About 54 volunteer partner organizations and officials from different ministries and departments participated in the program. Mr. Mooheon Kong, the…
काठमाडौं, १८ चैत । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।
काठमाडौं, १६ चैत । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षको कर नीतिको सुझाव मागेको छ । विभागले आर्थिक वर्ष २०८१÷८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि अर्थविज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो । विभागका अनुसार आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवाशुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई–कमर्समा लगाइने करलगायत आर्थिक ऐनबमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणसम्बन्धी सुझाव माग गरेको छ । आयोगका सञ्चार ठेगानामा तोकिएको मितिमा सुझाव पठाउन भनिएको छ ।
पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक, शव गाड्ने बैकल्पिक ठाँउ खोज्न सर्वाेच्चको आदेश
काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गत ७ माघमा गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न आदेश दिएको हो । सर्वाेच्च्चले खोलिसकेको भए बाटो बन्द गर्न समेत आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्नेगरी तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटो लगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन सञ्चालन हुन सक्ने गरी…
काठमाडौं, १६ चैत । काठमाडौँ उपत्यकाभित्र मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीहरूको अवस्था गम्भीर बनेको र जाँच गर्दा कोभिड–१९ पुष्टि भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले समुदायमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण रहिरहेकाले सतर्कता अपनाउन तथा खोप लगाउन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । सङ्क्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जनाभन्दा बढी सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए । भर्ना भएका सबै बिरामीलाई सघन उपचार कक्षमा राख्नुपरेको र अहिले पनि चार जना आईसीयूमै रहेको उक्त अस्पतालका प्रमुखले जानकारी दिए । यो कोरोनाभाइरसको पुरानै भेरिअन्ट हो वा नयाँ भन्ने यकिन…
कठमाडौं, १६ चैत । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरू पनि ‘सोकेस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन भन्दा बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अन्तक्रियामा पुनले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । सो क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह समेत गरेका छन् । अन्तरक्रियामा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे छलफल भएको थियो । छलफलमा कोशी…
काठमाडौं, १६ चैत । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न आह्वान गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र मागदाबी पेस गर्न बचतकर्तालाई आह्वान गरेको हो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । यस्तै मन्त्रालयले उक्त सहकारीको सम्पत्ति र दायित्व फर्छ्योट गर्न समितिमा पठाएको थियो । समितिले जारी गरिएको सूचनामा भनिएको छ, ‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको…
काठमाडौं, १५ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी चैत १९ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रदेश सभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले १९ गते दिउँसो १ बजेका लागि समय माग गर्दै प्रस्ताव पेस गरेका हुन् । सत्ता समीकरणमा हाम्रो नेपाली पार्टीलाई सहभागी छ । उनको प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले समय निर्धारण गरी अघि बढाउने छन् ।
काठमाडौं, १६ चैत । ग्रीन डेभलपमेन्ट बैंकले सेयर स्वामित्व परिवर्तन गर्न अनुमति पाएको छ । बैंकले सेयर स्वामित्व परिवर्तन गन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट चैत ७ मा स्वीकृति प्राप्त भएको जनाएको छ । बैंकले संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व संरचना बदल्न लागेको हो । सेयर संरचना परिवर्तनपछि संस्थापकतर्फ २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ २५ लाख ४३ हजार १०० कित्ता सेयर कायम हुने बैंकले जनाएको छ । बैंकका अनुसार सेयर संरचना प्रस्ताव चैत २७ मा हुने दसौं वार्षिक साधारणसभाबाट पारित हुने छ । यस वर्ष बैंकले गत वर्षको मुनाफबाट…
काठमाडौं, १६ चैत । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । सर्वोच्चको आदेशपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो । समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । यस्तै अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् । गृहले काम सुरु गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ । चैत ५ गते दुर्गा प्रसाईंका दुई बडिगार्डलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र १०० राउण्ड गोलीसहित पक्राउ गरेको थियो…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886