Author: Bizness Khabar

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । शुक्रबार नेपाली महिला उद्यमी महासंघले हेटौंडामा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रचण्डले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको बताए । उनले भने, ‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छैन । त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन । यसमा सबैको हातेमालो आवश्यक छ ।’…

Read More

काठमाडौं, १६ चैत । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यावहारिक अर्थतन्त्रसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो। उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी तिनको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए । इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिन अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक थिए । सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।–एजेन्सी

Read More

काटमाडौं, १६ चैत । विभिन्न स्थानीय तहले सडक बत्तीमा प्रयोग गरेको विद्युत्को महसुल नतिरेको भन्दै प्राधिकरणले तत्काल महसुल तिर्न आग्रह गरेको छ । शुक्रबार प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोगबापतको ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै महसुल तत्काल तिर्न आग्रह गरेको हो । प्राधिकरणले शुक्रबार सूचना जारी गरेको सूचनामा भनेको छ, ‘प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल…

Read More

काठमाडौं, १६ चैत । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । शुक्रबार बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँका दरले ६८ हजार कित्ता संस्थापक सेयरको बिक्री खुलाएको हो । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका थिए । संस्थापक सेयर खरिद गर्न सानिमाकै अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछने बैंकले जनाएको छ । आज (चैत १६) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्सालमा आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुलाइने बैंकको सूचनामा उल्लेख छ।

Read More

काठमाडौं, चैत । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी गरेको छ । कम्पनीले राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा विश्व रेकर्ड राखेको दाबी गरेको हो । टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत एक महिनामा १५०३.३ मिटर सिँचाइ सुरुङ खनेर विश्व रेकर्ड राखेको कम्पनीको दाबी छ । यसअघि कम्पनीले सोही आयोजनामा २०२३ मार्चमा १२२४ दशमलव १३ मिटर सिँचाइ सुरुङ बनाएर नयाँ रेकर्ड राखेको थियो । कम्पनीले अहिले सो रेकर्ड पनि तोडेको छ ।

Read More

काठमाडौं, १६ चैत । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान खुलाएको छ । निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि दिएका थिए । रिक्त पदमा अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्ने बैंकले बताएको छ । साथै कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय…

Read More

काठमाडौं, १६ चैत । पाट पल्टिएको क्रिप्टो एक्सचेञ्ज फर्म,एफटीएक्सका सह–संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । बैंकम्यानमाथि क्रिप्टो फ्रड गरेर ग्राहकहरुको पैसा चोरेको र लगानीकर्तालाई ठगेको आरोप लागेको छ । यो मुद्धामा बैंकम्यानका ३ जना साथीलाई समेत दोषि ठहराइएको छ । बैंकम्यानलाई सन् २०२२ डिसेम्बरमा बहमासबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो । उनलाई सन् २०२३ मा लगानीकर्ता तथा ग्राहकको ८ अर्ब डलरभन्दा बढी रकम हिनामिना गरेकोमा दोषी पाइएको थियो । यो घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो घोेटालामध्ये एक मानिएको छ । बैंकम्यान पक्राउ परेपछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको…

Read More

काठमाडौं, १५ चेत । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र लाई पनि प्रतिवादी बनाइएको मुद्दा दायर गरिएको छ । विशेष अदालतमा दायर भएको मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Read More

काठमाडौं, १५ चैत । सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गोप्य राखिएको थियो । तर, बुधबार बुधबार निर्णय सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय सार्वजनिक गरिरहँदा श्रममन्त्री डोलप्रसाद अर्यालले भने रुसमा व्यक्तिगत श्रम स्वीकृति खुला नगरिएको बताउदै आएका थिए । रुस र युक्रेनबिचको युद्धका कारण २०८० पुस १९ गतेदेखि श्रम स्वीकृति दिने कार्य रोकेको थियो । रुस–युक्रेन युद्धमा नेपाली नागरिकहरूको मृत्यु भएको कारण देखाई परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट…

Read More

काठमाडौं, १५ चैत । नप्से काठमाडौं, १३ चैत । साताको अन्तिम दिन नेपाल स्टक उब्सचेन्ज (नेप्से परिसूचक) ४ दशमलव ७८ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ३५ दशमलव ६४ को विन्दुमा बन्द भएको छ । आज ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयर ५३ हजार ६ सय १९ पटक किनबेच हुँदा कुल २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँको कारोबार भएको छ । बिहिबार ३ सय १३ धितोपत्रको कारोबार हुँदा १ सय २० धितोपत्रको मूल्य बढको छ । त्यस्तै १ सय १५ धितोपत्रको मूल्य घटेको…

Read More