Author: Bizness Khabar

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । बिहिबार सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत खर्च बढाउन विभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा पनि पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनि प्रश्न गरे । उनले भने, ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु हाम्रो लागि चिन्ताको विषय हो । पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा…

Read More

काठमाडौं, १५ चैत । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण्े राजीनामा पत्र बुझाएकी छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

Read More

काठमाडौं, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएका बताएकी छन् । बिहिबार घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताइन् । समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उहाँहरुलाई जीवनयापनमा निकै सहज भएको उनको धारणा छ । कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै उनले ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो…

Read More

काठमाडौं, १५ चैत । ’मिस नेपाल २०२४’ को आवेदन खुला गरिएको छ । ’द हिडन ट्रेजर’ले पत्रकार सम्मेलनमार्फत यस वर्षको संस्करणमा १८ वर्ष उमेरदेखि २७ वर्षसम्मका अविवाहित युवतीले मिस नेपालमा आवेदन दिन सक्ने द जानकारी दिएको छ । मिस नेपालको वेबसाइट र एपमार्फत जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसपछि ग्राण्ड फिनाले साउन १९ गते हुने छ । प्रतियोगितामा आवेदन दिन ५.३ फिट उचाइ हुनुपर्ने ’द हिडन ट्रेजर’ले जनाएको छ । यस वर्षको मिस नेपाल प्रतियोगितामा ३ विधा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताको अडिसन पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा,…

Read More

काठमाडौं, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी बैसाख १५ मा हुने उपचुनावका लागि इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केद्रिय प्रवक्ता मोहन श्रेष्ठर्ले जानकारी दिए । निर्वाचन आयोगका अनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।  राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् । राप्रपाले इलाम २ को अवस्था बुझ्न झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको थियो…

Read More

काठमाडौं, १५ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । झाका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमो होल्ड भएका छन् । अहिले सिचुवना एयरलाइन्सको जहाज होल्डमा छ । उने भने, ‘प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।’ “होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका…

Read More

काठमाडौं, १५ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना गर्न सुरु गरेको हो । खरमयुर गणना आजदेखि १० दिनसम्म हुनेछ । निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँट गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएका छन् । निकुञ्जभित्रका शुक्लाफाँट, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटालगायत क्षेत्रमा उनले ‘स्वीप’ विधिअन्तर्गत मानव साङ्लो बनाएर गणना गरिने उनले एरले बताए । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले मयुर…

Read More

काठमाडौं, १५ चैत । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउने जानकारी दिएका हुन् । भेटवार्तामा राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा समेत गरका थिए । फेनले दोहोरो कर प्रणाली सम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न पुनलाई आग्रह गरेका थिए । यस्तै उनले लगानी सम्मेलन सफल पार्न आफूले काठमाडौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी समेत दिए ।उनले भने, ‘बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदैछ, हामी लगानी सम्मेलन…

Read More

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहिबार बिहान भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको छ । छलफलमा राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा थियो । आचार्यले भने, ‘राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौं, मिलेर अघि बढौं भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू…

Read More

काठमाडौं, १५ चैत । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् बैंकको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि बैंकको सीईओमा उपाध्याय नियुक्त भएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन । यस्तै उनी गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत…

Read More