Author: Bizness Khabar
काठमाडौं, २३ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ५९ अङ्कले बढेर दुई हजार ५८२ दशमलव १८ बिन्दुमा कायम भएको हो । आज १ करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो । आज २०० धितोपत्रको शेयर मूल्य बढ्दा ४१ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१३ धितोपत्र कारोबारमा आएका छन् ।…
काठमाडौं, २३ असोज । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको छ । निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।…
काठमाडौं, २३ असोज । केही दिनयता नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोाबार दिन बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी मूल्य पनि तोलामा ३ हजार माथि पुगेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २५…
काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्रै लगानी बिक्री गर्न सक्ने सीमा हटाएको छ । बुधबार राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यो सीमा पूर्ण रूपमा खारेज गरेको हो । पहिलो प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाहरूले एक आर्थिक वर्षमा आफ्ना कुल प्राथमिक पूँजीको अधिकतम २० प्रतिशत बराबर मात्र लगानी बिक्री गर्न पाउने व्यवस्था थियो । साथै बिक्री गर्न लागिएको लगानी कम्तीमा एक वर्षसम्म आफ्नो स्वामित्वमा रहनुपर्ने नियम पनि लागू थियो । तर नयाँ व्यवस्थाले अब यस्तो सीमा लागू नहुने स्पष्ट पारेको छ । यससँगै बैंक…
काठमाडौं, २२ असोज । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । यी सम्झौताले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले आज हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्यूसन स्ट्रेन्थेनिङ कार्यक्रम (PoDiSp)” मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो…
काठमाडौं, २२ असोज । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४५ दशमलव ३६ अङ्कले घटेर दुई हजार ५५९ दशमलव ५९ बिन्दुमा कायम भएको हो । आज १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् । बुधबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३ दशमलव ०९ प्रतिशतले ह्रास आएको छ । यस्तै होटेल…
काठमाडौं, २२ असोज । केही दिनयता सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ३५ हजार ४०० सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आजै तोडिएको हो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी २ हजार ९५५ कारोबार…
काठमाडौं, २२ असोज । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालैको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुनेहुँदा दाबी भुक्तानी मार्गदर्शन बमोजिम छिटोभन्दा छिटो दाबी भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिँदै दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यमा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए…
काठमाडौं, २२ असोज । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ११ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक २ गते हुने छ ।
काठमाडौं, २१ असोज । दशैँ बिदापछि आजदेखि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८ दशमलव ५५ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४ दशमलव ९६ को बिन्दुमा बन्द भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते नेप्से परिसूचक शून्य दशमलव ४३ प्रतिशतले बढेर २ हजार ६५२ को बिन्दुमा कायम थियो । आज १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २३५२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १६ धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886