Author: Bizness Khabar
काठमाडौं, २९ असार । चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा करिब ५ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ४ दशमलव ९६ प्रतिशत घटेकोे हो । गत जेठसम्ममा बैंकहरूको खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ५६ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । आवको जेठसम्ममा धेरै खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ४० करोड…
काठमाडौं, २९ असार । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले अंकित मूल्य १ हजारका दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ दशमलव २५ प्रतिशत ब्याजदर पाउने छन् । यो ऋणपत्र ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५०…
काठमाडौं, २९ असार । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं, २९ असार । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएको हो । कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर निष्काशन गरेको छ । कुल शेयरमध्ये ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका–६ र ७ का…
काठमाडौं, २७ असार । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि पहिलो चरणको आईपीओ खुलेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक…
काठमाडौं, २७ असार । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार २७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना…
काठमाडौं, २६ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २५ दशमलव ८९ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ८ बिन्दुमा कायम भएको हो । आज २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो । आज १६१ धितोपत्रको शेयर मूल्य बढ्दा ८७ को घटेको छ । यसदिन कुल ३१२ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार १३ समूहको उपसूचकमध्ये दुई उपसूचक घटेको छ…
काठमाडौं, २६ असार । रूसले लगातार दोस्रो रात यूक्रेनको राजधानी कीभमा ठूलो हवाइ हमला गरेको छ । बिहीबार बिहानै भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएको जनाइएको हो । रातभरि ठूलो विस्फोटका आवाज सुनिएको र आकाश रातभरि उज्यालो देखिएको सीएनएनले जनाएको छ । यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रूसी सेनाले करिब ४०० ड्रोन र १८ वटा मिसाइल, जसमध्ये केही ब्यालिस्टिक मिसाइलसमेत थिए । आक्रमण करिब १० घण्टासम्म लगातार चलेको बताइएको छ । यसअघि बुधबार राति पनि रुसले आक्रमण गरेको थियो, जुन युद्ध सुरु भएयता अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण मानिएको छ । सो आक्रमणमा…
काठमाडौं, २६ असार । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै…
काठमाडौं, २६ असार । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी ‘सुप्राग्लेशियल’ ताल विस्फोटका कारण भएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले बिहीबार ११ बजे एक बुलेटिन जारी गर्दै ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जनाएको छ । ‘रसुवागढी स्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटर माथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्रि सतहबाट करिब ५१५० मि. उचाई) लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । चित्र १ (क) अध्ययन गर्दा हिमनदीको करिब बीच भूभागमा विकास भएको ‘सुप्राग्लेशियल’ ताल (हिमताल ) करिव ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ,’…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886