Author: Bizness Khabar
काठमाडौँ, १५ चैत । आज (बिहीबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो । नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गनिे बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।
काठमाडौं, १५ चैत । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४० करोड रुपैयाँको एक सय रुपैयाँको अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धिधत क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं, १५ चैत । यस वर्षको शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)बाट सुरु भएको छ । ऋाज बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् भने परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । काठमाडौं जिल्लामा सबैभन्दा बढी परिक्षा केन्द्र छन् । काठमाडौंमा मात्रै एक सय २७ परीक्षा केन्द्र छन् । यस्तै मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७…
काठमाडौं, १४ चैत । अमेरिकाको फ्लोरिडा राज्यले नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्ने भएको छ । फ्लोरिडा राज्यले नाबालिगहरूले सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्ने लगाउने कानुन बनाएको छ । गभर्नर रोन डिस्यान्टिसले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुन सन् २०२५ को जनवरीदेखि कार्यान्वयनमा आउने जनाइएको छ । एजेन्सीका अनुसार यो कानुन लागू भएपछि राज्यका १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले सामाजिक सञ्जालमा जोडिन पाउने छैनन् । सामाजिक सञ्जाल एकाउन्ट बनाउन पाउने छैनन् । कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिने बताइएको छ । साथै उनीहरूले प्रभावित नाबालिगलाई १० हजार डलरसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ । यो नियमको उल्लङ्घन गर्ने कम्पनीहरूले प्रभावित हरेकको…
काठमाडौं, १४ चैत । पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । खरेलले बुधबार पार्टीमा राजीनामा बुझाएको जानकारी दिएका छन् । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए । चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।
काठमाडौं, १४ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिनका लागि विवरण माग गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको हो । प्रसाईँका दुईजना व्यक्तिगत सुरक्षा गार्ड दीपक खड्का र राज कुमार धिमाललाइ चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५ सहित प्रहरीले पक्राउ गरेको थियो । त्यसबारे छानबिन गर्न मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका हुन् । हातहतियार खरखजाना ऐन–२०१९ (संशोधित २०७४) अनुसार प्रमुख जिल्ला अधिकारीले निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । झापा प्रशासनले देशभर…
काठमाडौं, १४ चैत । मंगलबार १० दशमलव १४ अङ्कले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर २ हजार ३० दशमलव ८६ को विन्दुमा बन्द भएको छ । आज ६८ ६० लनख ४७ हजार २१ कित्ता शेयर ४४ हजार २ सय ४९ पटक किनबेच हुँदा कुल २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँको कारोबार भएको छ । बुधबार ३ सय १० धितोपत्रको कारोबार हुँदा १ सय ८८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५१ धितोपत्रको मूल्य बढेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ । यस्तै…
काठमाडौं, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकोे बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न उठाएका थिए । बैठकमा लामिछानेले जवाफ दिने क्रममा सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । उनले भने, ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन । सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख…
काठमाडौं, १४ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकोे बैठकमा महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले भने, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’ यस्तै उनले बैठकमा सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गइसकेको बताए । महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको कुँवरको भनाई छ । उनले भने, ‘यो सुरुदेखि नै अनुसन्धानमा आएको विषय थियो, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने…
काठमाडौं, १४ चैत । अर्थ मन्त्री वर्षमान पुनले आन्तरिक राजस्व विभाग र भन्सार विभागको नेतृत्व परिवर्तन गरेका छन् । बुधबार पुनले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी र भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरेका हुन् । तिवारी सरुवा भएर मंगलबार अर्थ मन्त्रालयमा आएका थिए । यस अघि आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल र भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल थिए । सरकारले भुपाल बरालको सरुवा गरेर वातावरण विभागमा पठाएको छ । त्यस्तै शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाएको छ । यस्तै अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका महत्वपूर्ण महाशाखामा पनि जिम्मेवारीहरु हेरफेर गरेका छन् । मन्त्री पुनले सहसचिव रितेशकुमार…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886