Author: Bizness Khabar

काठमाडौं, १४ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चक्रपथ सुधार आयोजनाबारे महानगरले राखेको बोर्ड फालेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सांघाइ कन्स्ट्रक्सन कम्पनीको आलोचना गरेका छन् । निर्माणको जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सांघाइ कन्स्ट्रक्सन कम्पनी(चीन) ले तोकिएको समयमा मात्र नभएर ९ वर्षमा पनि नसकेको र त्यसले महानगरमा असर गरिरहेको बालेनको आरोप छ । उनले आफ्नो अधिकार क्षेत्रमा नपरे पनि त्यसबाट महानगरबासी पीडित भएको र त्यसबारे जानकारी दिन आफूहरुले बोर्ड राखेको तर चिनियाँ ठेकेदारले बोर्ड फालेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुःख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट…

Read More

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको प्रस्ट पारेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा पुगिनसकेको उनले बताए । बैठकले वैशाख १५ मा हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ९१० मा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय नभएको सचिव दीनानाथ शर्माको भनाई छ । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई कुराकानी गर्दै उनले भने, ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा…

Read More

काठमाडौं, १४ चैत । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले निषेधित घोषणा गरिएका क्षेत्रको विकल्प दिनेबारे छलफल भइरहेको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गृहसचिव अर्यालले शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावत प्रभावित हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घोषणा गरिएको निषेधित क्षेत्र जायज भएको बताए । उनले भने, ‘काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको छ । यसको विरोध गर्ने र निषेधित क्षेत्र तोड्ने गतिविधिसमेत हुने गरेका छन् । तर शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावतका गतिविधि प्रभावित हुन नदिन आवश्यक देखिएको छ । पछिल्लो समयमा यसको…

Read More

काठमाडौं, १४ चैत । सर्वोच्च अदालतले संवेदनशील क्षेत्रमा हतियारसहित प्रवेश गर्न नपाउने कानुन बनाउन आदेश दिएको छ । मंगलबार सर्वोच्चको संयुक्त इजलासले सर्वोच्चको गेटबाट हतियारसहित पक्राउ परेका दुईजनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै ‘अदालत न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानुनी व्यवस्था गर्न आदेश दिइएको हो । व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजको सम्बन्धनसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ रहेको दिन ५ चैतमा प्रसाईंका दुई अंगरक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अत्याधुनिक हतियारसहित सर्वोच्च परिसर प्रवेश गर्न खोजेको भन्दै सुरक्षाकर्मीले दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको थियो । धिमालका साथ अत्याधुनिक हतियार र त्यसमा लाग्ने…

Read More

काठमाडौं, १४ चैत । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । माओवादी पदाधिकारी बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी नै छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । इलाम…

Read More

काठमाडौं, १४ चैत । विभिन्न २२ वटा निर्माण र आपूर्तिकर्ता कम्पनीहरु नेपाल सरकारको कालोसूचीमा परेका छन् । बुधबार खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । दुई कम्पनीहरुलाई कालोसूचीको ३ वर्ष अवधि तोकिएको छ । यस्तै एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष तथा बाँकीलाई एक वर्षका लागि कालो सूचीमा परेका छन् । यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरु

Read More

काठमाडौं, १४ चैत । फोनपे पेमेन्ट र्सिर्भस प्रालि र जीएलएन इन्टरनेसनल(विश्वव्यापी भुक्तानी नेटवर्क)बीच नेपाल र कोरियाबिचको क्रस बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फोनपे र जीएलएनको उक्त सम्झौताले कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना वान क्यू, केबी वालेट,आइएम बैंक,टस हाना मनि जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख अफलाइन स्टोरहरूमा क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् । सम्झौता अन्तर्गत दुई कम्पनीहरूले नेपाल र कोरियामा आफ्ना सहभागी सदस्यहरू बीच क्रस बोर्डर क्यूआर कोडमा आधारित भुक्तानी सहज बनाउने, भुक्तानी प्रशोधन स्विचलाई एकीकृत गर्न आवश्यक नियामक, परिचालन…

Read More

काठमाडौं, १४ चैत । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै शाखा प्रमुख देखि मानव संशासन अफिसर र सहायक स्तरका सम्म्का लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमती,गण्डकी,लुम्बिनी र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको छ । यो पदका लागि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्ने, आवेदकको उमेर ४० वर्ष नकटेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै मानव संशाधन अफिसरका लागि पनि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्ने,४० वर्ष उमेर नकटेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष काम गरेको अनुभव…

Read More

काठमाडौं, १४ चैत । अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न मन्त्रालयका सचिव, सह–सचिवहरु र विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै पुनले अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए । बैठकमा अर्थतन्त्र संकट वा महासंकटमा नरहेको तर अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए ।े विगतमा खर्च गर्न कसिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘खर्च गर्न टाइट गरिएका…

Read More

काठमाडौं, १३ चैत । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले पराजित गरेको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज जितेको छ । जितको लागि १९९ रनको लक्ष्य पाएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३(३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १(१ विकेट लिए । त्यसअघि…

Read More