Author: Bizness Khabar

काठमाडौं, १३ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमलाई ७ दिने स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू)को मिसनले औंल्याएका कमजोरी र प्राधिकरणले गरेको निरीक्षणका क्रममा औंल्याएका कमजोरीसमेतलाई समष्टित गरेर मंगलबार निगमलाई स्पष्टीकरण सोधेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधिएको हो । प्राधिकरणको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो दायित्व पूरा नगर्दा हवाई उडानमा कमजोरी भएको दाबी छ । निगमले स्पष्ट जवाफ नदिए वा प्राधिरकणले चित्त नबुझाए उनको एकाउन्टेवल पद खोसिने चेतावनी समेत दिएको छ । निगमले कन्टिन्युइङ एयरवर्दिनेस र मेन्टिनेन्स…

Read More

सुनिता सुबेदी काठमाडौं, १३ चैत । चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा जीवन बीमाको व्यवसाय करिब १ खर्ब नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा जीवन बीमाको व्यवसाय कुल ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ भएको छ, जुन गत आवको फागुनसम्मको जीवन बीमा व्यवसायको तुलनामा ५ दशमलव १२ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ९३ अर्ब ७२ करोडको मात्र जीवन बीमाको व्यवसाय भएको थियो । पछिल्लो एक वर्षको अवधिमा प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क संकलन दुबैमा वृद्धि भएको छ । प्राधिकरणका अनुसार आठ महिनामा व्यवसायमा…

Read More

काठमाडौं, १३ चैत । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आगामी चैत्र १६ गतेदेखि काठमाडौंमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो–२०८० आयोजना हुने भएको छ । नर्सरी व्यवसायी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा आगामी चैत १६ देखि १९ गतेसम्म एक्स्पो हुुने जानकारी दिएको हो । सम्मेलनमा मेला संयोजक रामजी कुँवरले समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रुपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीका रुपमा नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्न लागिएकोे जानकारी दिए । मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी सात सय भन्दा बढि प्रजातीका बोटबिरुवाहरुको प्रदर्शनी हुने…

Read More

काठमाडौं, १३ चैत । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दशमलव ७० को विन्दुमा बन्द भएको छ । आज ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता शेयर ४९ हजार ५ सय १२ पटक किनबेच हुँदा कुल २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३ सय १० धितोपत्रको कारोबार हुँदा १ सय ६८ धितोपत्रको मूल्य बढको छ । त्यस्तै ६८ धितोपत्रको मूल्य घटेको छ भने १० धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३…

Read More

काठमाडौं, १३ चैत । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । साथै बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाउने भएको छ । एजेन्सीका अनुसार अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो । ह्याकरहरूले अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई निशाना बनाएको दाबी गरिएको छ । यस्तै ह्याकरहरूले अमेरिकाका केही महत्त्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ती दुई व्यक्तिविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी अधिकारीहरू, पत्रकारहरू, निगमहरू, प्रजातन्त्र समर्थक कार्यकर्ताहरू…

Read More

काठमाडौं, १३ चैत । निर्माण व्यवसायीले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् । मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै उनिहरुले यस्तो माग गरेका हुन् । सरकारले बहु वर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको मूल्य समायोजन नगर्दा आफूहरूले समस्या खेप्नुपरेको निर्माण व्यवसायीको भनाई छ । पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री (छड, ग्याबिन तार, पाता, आइरन ब्लेड) लगायत विभिन्न निर्माण सामग्रीको मूल्यवृद्धि भएको तर सरकारले समयमा मूल्य समायोजन नगर्दा अहिले निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले बताए । वृद्धि भएको मूल्यवृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ट ठेक्काको मूल्य…

Read More

काठमाडौं, १३ चैत । श्री एयरलाइन्सले थप २ नयाँ जहाज खरिद गरेको छ । कम्पनीले क्यानडाको तत्कालीन बम्बार्डियन अर्थात् हालको डी हाभिल्यान्ड अफ क्यानडामा निर्मित ८० सिटका २ जहाज खरिद गरेको हो । कल साइन नाइन एन–एओके र नाइन एन–एओएल रहेका उक्त जहाजहरु मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको कम्पनीले बताएको छ । उक्त जहाजहरु श्रीएयरलाइन्सका पाइलटहरुले अमेरिकामै १० हजार माइल (करिब २५ घन्टा)उडाई परीक्षण गरेर नेपाल ल्याइएको कम्पनीले जनाएको छ ।

Read More

काठमाडौं, १३ चैत । नेपाल विद्युत्र प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायक नेतृत्वमा नेपाल भ्रमणमा रहेका बैंक सञ्चालक समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरका हुन् । कार्यकारी निर्देशक घिसिङले प्रतिनिधिमण्डललाई नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा लगानी आवश्यकतासम्बन्धी जानकारी दिदै पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न…

Read More

काठमाडौं, १३ चैत । mainकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा भएको मन्त्रिपरिषद् बैठकका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए । धनकुटाका पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले स्थापना गरेको सम्पर्क कार्यालय नियमित रूपमा सञ्चालन हुने बताए । आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव संकलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तर्क्रिरया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी छन् ।

Read More

काठमाडौं, १३ चैत । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त दलले आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार २०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए । उनका अनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को…

Read More