Author: Bizness Khabar
काठमाडौं, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन भ्रमणमा गएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल चीन प्रस्थान गरेका हुन् । बोआओ फोरम मार्च २६ (आज) देखि २९ मार्चसम्म आयोजना हुँदैछ । सो आयोजनामा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।
काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार आगामी चेत १८ गते चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने निर्णय गरेको हो । कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गरिसकेको छैन । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।
काठमाडौं, १३ चैत । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिइसकेका छन्, जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको अनुमतिका लागि प्रक्रियामा रहेको र मंगलबारदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार…
काठमाडौं, १३ चैत । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो । कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरेको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु लगायत सर्वसाधारणहरुले समेत खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । यस्तै सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार देखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन…
काठमाडौं, १३ चैत । भारतले प्याज निर्यातमा थप प्रतिबन्ध लगाएको छ । गत शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेसम्मका लागि प्याज निर्यातमा लगाइएको प्रतिबन्ध कायमै रहने उल्लेख गरेको हो । भारतले गत डिसेम्बरमा यही मार्च ३१ सम्म्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसअघि गत डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य बढेपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाएको थियो । त्यसपछि प्याजको मूल्य ५० प्रतिशतले घटेको थियो । नेपाल, बंगलादेश, मलेसियालगायत मुलुक भारतीय प्याजमा निर्भर हुने गरेका छन् । प्रतिबन्धपछि उक्त मुलुकहरुमा प्याजको मुल्य बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
काठमाडौं, १२ चैत । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको छ । सोमबार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई सरकार राष्ट्रिय फल घोषणा गर्ने तयारीमा रहेको बताएकी हुन् । यस्तै छलफलमा उनले २०८१–८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने समेत बताइन् । मन्त्री साहले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताइन् । साथै उनले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन्…
काठमाडौं, १२ चैत । पहिलो टी–२० अभ्यास खेलमा नेपाल नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएकोे पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली नेपालले आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि १२२ रनको लक्ष्य पाउको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८ रन, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका थिए । यस्तै आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक÷एक विकेट लिए ।
काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाले आगामी चैत २५ गतेदेखि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ । महानगरका अनुसार तथ्याङ्क संकलनका लागि खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षककलाई प्रशिक्षण दिइसकेको जनाएको छ । महानगरका अनुसार तालिमबाट प्रशिक्षक बनेका अधिकारीहरूले चैत २० गते देखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् । यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्न इच्छुकका लागि निवेदन दिन १६ मंसिरमा महानगरले सार्वजनिक सूचना जारी गरेको थियो । प्राप्त आवेदनबाट योग्यताका आधारमा माघ १४ गते उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन महानगरले माघ २१ र २४ गते लिएको अन्तर्वार्ताबाट १७ फागुनमा योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन…
काठमाडौं, १२ चैत । आयरल्यान्ड ए ले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २÷२ विकेट लिए भने करण केसी र कुशल मल्लले १÷१ विकेट लिए । आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन् । नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो । भोलि मंगलबार आयरल्यान्डसँग दोस्रो टी–२०…
काठमाडौं, १२ चैत । पछिल्लो एक वर्षको अवधिमा दर्ता हुने उद्योगको सङ्ख्या ४१ प्रतिशतले बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा स्वदेशी र विदेशी गरी कुल २ सय ५८ उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत आवको फागुनसम्मको उद्योग दर्ता हुने सङ्ख्याको तुलनामा ४१ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा १ सय ८३ मात्र उद्योग दर्ता भएका थिए । चालू आवको फागुनसम्ममा २ सय ४ वटा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा ३२ वटा ठूला उद्योग दर्ता भएका छन् भने २२ वटा मझौला प्रकारका उद्योग दर्ता भएका…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886