Author: Bizness Khabar

काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टीका नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई नियुक्त गरेका हुन् । कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने छन् । कार्की धनुषा–१ बाट निर्वाचित सांसद हुन् ।

Read More

काठमाडौं, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् । सोमबार नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँगको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ’नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआईआईबीसँग यस्तो व्यवस्था छैन, बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’ यस्तै उनले नेपालमा हाल एआईआईबीकाको लगानी ऊर्जा क्षेत्रको परियोजनामा रहेको उल्लेख गर्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा समेत लगानी गर्न आग्रह गरेका छन् ।…

Read More

काठमाडौं, १२ चेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा यस्तो बताएका हुन् । उक्त भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली समेत सहभागी थिए । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको बताए । प्रधानमन्त्री प्रचण्डले…

Read More

काठमाडौं, १२ चैत । आजका लागि बोलाइएको संवैधानिक परिषद्को बेठक स्थगित भएको छ । माववादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान ९बजे बसने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए । बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो । संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।

Read More

काठमाडौं, १२ चैत । प्रिमियमको नाममा आइपीओ निष्काशनमा विकृति बढेको भन्दै लगानीकर्ताले यसलाई रोक्नलाइ माग गरेका छन् । निवर्तमान अर्थमन्त्री वर्षमान पुनलाई भेटेर लगानीकर्ताले प्रिमियम मुल्यमा आइपीओ निष्काशनको विकृति रोक्न माग गरेका हुन । प्रिमियम मुल्यमा जथाभावी आइपीओ निष्काशन गरिएको उनिहरुको आरोप छ । प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्नुपर्ने भए त्यस्ता कम्पनीलाई बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्न प्रोत्साहित गर्नुपर्ने लगानीकर्ताको माग छ । राम्रा कम्पनी भए बुक बिल्डिङ प्रणालीमा पारदर्शी रूपमा आइपिओ बिक्रीको स्वीकृति दिनुपर्ने तर आइपीओ निष्काशनको नाममा अंकित मूल्यभन्दा बढीमा सेयर बिक्रीमा प्रतिबन्ध नै लगाउनुपर्ने लगानीकर्ताको भनाइ छ । हाल एक दर्जन बढी कम्पनी प्रिमियम मुल्यमा आइपीओ निष्काशनको…

Read More

काठमाडौं, १२ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज चैत्र १२ सोमबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले चैत्र २७ गते काठमाडौँ स्थित अमृतभोग क्याटरिङमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध रस्ताव पेस हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ…

Read More

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको उल्लेख गर्दै त्यसको महत्व स्थापित गर्न लागिपर्ने बताए । यस्तै तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको भन्दै स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उनको भनाई छ । प्रदेश र स्थानीय तहका समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालले बताए । यस्तै उनले हरेक महिनाको अन्तिम साता सात वटै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको जानकारी दिएका छन् । प्रदेशका…

Read More

काठमाडौं, १२ चैत । सिंगटी हाइड्रो इनर्जीले ४६ लाखभन्दा बढी कित्ता सेयर लिलामी बिक्रिमा राखेको छ । कम्पनीले चैत १२ गते सोमबार (आज) देखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त लिलामीमा आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता १०० प्रतिशत…

Read More

काठमाडौं, १२ चैत । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा भव्यताका साथ मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार (हिजो) नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ भने हिमाली र पहाडी जिल्लाहरुमा आइतबार सार्वजनिक बिदा थियो । साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । जसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए…

Read More

काठमाडौं, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताए । शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई समेत मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो । मोर्चाको संयोजक विप्लवले यसबारे बिहीबार साँझ बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । तर, ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने शुक्रबार प्रस्ट पारेका छन् । हाल समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा…

Read More