Author: Bizness Khabar

काठमाडौं, २२ फागुन । उत्तर कोरियाले गत हप्तादेखि वासिङ्टन र सोलले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने चेतावनी दिँदै ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ । वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताए । दुवैले ‘फ्रिडम सिल्ड’मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् । यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै प्योङयाङले…

Read More

काठमाडौं, २२ फागुन । त्रिकोणात्मक टी–२० आई शृंखलाको फाइनलको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १…

Read More

काठमाडौं, २२ फागुन । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङको आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको थियो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए । उने भने, ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनाङमा दैनिकरूपमा ५० देखि…

Read More

काठमाडौं, २२ फागुन । सिंगापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्षा पु¥याउन लागिएको छ । सिंगापुरका जनशक्ति मन्त्री तान सी लेङका अनुसार सन् २०२६ मा कर्मचारीको सेवा निवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्ष पु¥याउन लागिएको हो । लेङले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने बताएका छन् । सन् २०२३ जुनसम्म सिंगापुरका करिब २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका पुगेका छन् । सिंगापुरको कुल प्रजनन दर गत वर्ष शून्य दशमलव ९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अंकभन्दा तल झरेको थियो ।

Read More

काठमाडौं, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मन्त्री पदबाट हटाएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए । संघीय सरकारमा नयाँ गठबन्धनबाट सोमबार नै ३ जना मन्त्रीले शपथ लिइसकेका थिए । माओवादीबाट गण्डकी सरकारमा दुई जना मन्त्री थिए ।

Read More

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महाराजगन्ज, बसुन्धरा र सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बिपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा नगर्ने भएको हो । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार अनुगनमनका क्रममा स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरिएको थियो । अस्पतालले फोहोर वर्गीकरण, फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरणमा बेवास्ता गरेका कारण फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ  । महानगरले यसअघि एउटा सरकारी र चारवटा निजी गरी पाँचवटा अस्पतालको फोहोर…

Read More

काठमाडौं, २२ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबल पहिलो चरणको खेल २३ चैत देखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुने जनाएको छ । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए । सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट…

Read More

काठमाडौं, २१ फागुन । आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति काठमाडौं, २१, फागुन । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न, उक्त क्षेत्रको कानूनी र संस्थागत विकास गर्न सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो । गत मंसिर २२ गते बसेको मन्त्रिपरिषदकोे बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम बीमा नीतिको मस्यौदा तयार पारेको थियो । दुर्गम तथा पिछडिएको क्षेत्रमा समेत बीमा व्यवसायको पहुँचलाई स्थापित गर्दै लैजानुपर्ने आवश्यक रहेको र बीमितको…

Read More

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरु थप्न लागेको जनाकारी दिएका छन् । सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले सहिदको संख्या थप्न लागेको जानकारी दिएका हुन् । उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णयलाई धन्यवाद भन्न किन नसक्ने । अझै पनि हामी छुटेका कतिपयलाई सहिद घोषणा गर्ने तयारीमा छौं ।’ सरकारले आयोग गठन गरेर सहिद घोषणा गर्ने प्रयास गरेपनि अर्थमन्त्री डा. प्रकाश सरण महतको अवरोधले सहिद थप्ने प्रक्रिया रोकिएको उनले बताए । गृह मन्त्रालयले २०५१ सालदेखि २०६३ सालसम्मका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको विषयमा छानबिन गरी क्षतिपूर्ति दिन आयोग गठनका लागि सहमति माग…

Read More

काठमाडौं, २१ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी फागुन २५ गते (शुक्रबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटलले आईपीओको प्रि अलोटमेन्ट गरिसकेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १९ दशमलव ३२ गुणा बढीको आवेदन हो । कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।

Read More