Author: Bizness Khabar
काठमाडौं, ८ चैत । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा अिर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक दर्ता गरेका हुन् । अर्थमन्त्री पुनका अनुसार संविधान बमोजिम तीन वटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि प्रचलित ऐन संशोधन गर्न लागिएको हो । उक्त विधेयक संसदमा पेस गर्न अर्थ मन्त्रालयलाई २५ माघ २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन…
काठमाडौं, ८ चैत । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्न आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्री पुनले युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी कार्यक्रम ल्याउने र आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाएका जनाएका छन् । अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्न सक्ने अवस्था रहेको भन्दै त्यहीअनुसार सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको बताए । यस्तै उनले हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवाले आईटीमा काम गरिरहेको समेत दाबी गरे । अर्थमन्त्री…
काठमाडौं, ८ चैत । इण्डो नेपाल टी–२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ । गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्दै छन् । आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच हुने आयोजकले जनाएको छ । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर ११ सहभागी हुँदै छन् । यस्तै भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ । भारतीय टोलीका खेलाडीमा भारतको चर्चित रणजी ट्रफी खेलिसकेका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता राउण्ड रोबिन आधारमा खेलाइने क्रिकेट…
काठमाडौं, ८ चैत । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । काठमाडौँमा सम्पन्न ८औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनका रुपमा रहेको उक्त संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित मल्लको अध्यक्षतासहित कार्यसमितिको अवधि २ वर्षको हुनेछ । साधारणसभाबाट अध्यक्षमा मल्लसहित उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल निर्वाचित भएका छन् भने महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला र सदस्यहरूमा आजाद श्रेष्ठ, पवन अग्रवाल र कुनाल कयाल निर्वाचित भएका छन् ।
काठमाडौं, ८ चैत । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ’एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच सम्झौता भएको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिने छ । अन्तर्राष्ट्रिय बजारमा अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो…
काठमाडौं, ८ चेत । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए यस्तै बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक…
काठमाडौं, ८ चेत । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । चौधरीले बिहीबार बिहान सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बयान दिएपछि पत्रकारहरुमाझ कुराकानी गर्दै आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । उनले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’ यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्र, उद्यमी र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ । आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको समेत उनको भनाई छ । यस्तै उनले आफू…
काठमाडौं, ८ चैत । बंगलादेशको चालू खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्म ३ अर्ब अमेरिकी डलर नाघेको छ । बंगलादेश बैंकद्वारा प्रकाशित पछिल्लो तथ्यांकअनुसार चालू खाता आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब १४ करोड ८० डलर रहेको छ । अघिल्लो आर्थिक वर्ष २०२२÷२३ को पहिलो सात महिनामा चालू खाता सञ्चिति ४ अर्ब ६४ करोड ८० लाख डलर रहेको बंगलादेश बैंकले जनाएको छ । बंगलादेशले आर्थिक वर्ष २०२२÷२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २.६७ अर्ब डलरको चालू खाता घाटा बेहोरेको थियो । अधिकारीले केन्द्रीय बैंकको चालू खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति…
काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले चैत्र ८ गते बिहिबार अर्थात् आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बजारमा अधिक तरलता भएकाले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम खिच्न लागेको जनाएको छ । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बिहिबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिनु पर्ने बैंकले जनाएको छ । उक्त निक्षेप…
काठमाडौं, ८ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको उक्त खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२ः४५) बजे सुरु हुनेछ । आज हुने खेल नेपालको होम म्याच रुपमा हुनेछ भने बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ । समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो । पहिलो खेल युएईसँग अवे मैदानमा ४–० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २–० ले पराजित भएको थियो । बहराइनले भने एक…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886