Author: Bizness Khabar
काठमाडौं, ७ चैत । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेको थियो । उनको उम्मेदवारीमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेको र अन्य कुनै पनि उम्मेदवारी नपरेकोले थापा निर्विरोध निर्वाचित भएका हुन् । समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् । यसअघि सो समितिमा नेकपा एसकै तर्फबाट भानुभक्त जोशी सभापति थिए । सभापतिमा निर्वाचित भएका थापाले आफू जुन क्षेत्रमा काम गर्ने हो…
काठमाडौं, ७ चैत । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेर २ हजार ६३ दशमलव ९५ को विन्दुमा बन्द भएको छ । आज ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । बुधबार ३ सय ५ धितोपत्रको कारोबार हुँदा १ सय ४७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९४ धितोपत्रको मूल्य बढेको छ भने ४ धितोपत्रको मूल्य स्थिर छ । यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घटेको छ…
सुनिता सुबेदी काठमाडौं, ७ चैत । नेपालको प्रमुख भन्सार नाका विरगञ्ज भन्सार कार्यालय हो । चालू अर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा मात्रै विरगञ्ज भन्सार नाकाबाट ३ खर्ब ५३ अर्ब ४ करोड २२ लाख मूल्य बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा यस नाकाबाट ९ दशमलव ६९ प्रतिशतले आयात घटेको हो । गत आवको फागुनसम्ममा विरगञ्ज भन्सार नाका हुँदै ३ खर्ब ९१ अर्ब ३ करोड ८३ लाख मूल्य बराबरको वस्तु आयात भएको थियो । विरगञ्ज भन्सार नाकालाई नेपालको द्विपक्षीय व्यापारमा प्रमुख ठुलो भन्सार नाका मानिए पनि निर्यातमा भने यस नाकाको व्यापार खुम्चिदै गएको छ । चालू…
काठमाडौं, ७ चैत । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए । मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्रीले पहिलो निर्णय नै सुराकी खर्च कटौतीको गरेका हुन् । मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी…
काठमाडौं, ७ चेत । आगामी बैसाख १५ हुने इलाम–२ कोे प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् । उपसभापति देवानका अनुसार आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।
काठमाडौं, ७ चैत । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनित भएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनित गिरेका हुन् । समितिमा मनोनित हुनेमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् । राष्ट्रियसभा अध्यक्ष दाहालको प्रस्ताव बैठकले पारित पनि गरेको छ । राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनित गरेका हुन् ।
काठमाडौं, ७ चैत । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आफ्ना कुरा राख्न कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेलाई समय दिएका थिए । सो समयमा न्यौपानेले गृहमन्त्री लामिछानेले गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताएकी थिइन् । उनले प्रश्न गरिन्, ‘हामीलाई च्यालेन्ज गर्नुभयो सरकारका गृहमन्त्रीले । चार वर्ष सदन अवरुद्ध गरोस् हामी सत्ता हाकिरहन्छौं भन्नुभयो,’ कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्द गर्दा सत्ता चल्छ ? त्यो कदापि हुन सक्दैन ।’ मंगलबारको प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दैे…
काठमाडौं, ७ चैत । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ । यस्तै बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहने…
काठमाडौं, ७ चैत । मनकामना केबलकार बुधबार (आज) एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्टुरेन्ट भने नियमित सञ्चालनमा रहने छ । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
काठमाडौं, ७ चैत । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ताभन्दा बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २८ हजार कित्ता र गणेश प्रोपटिजको स्वामित्वमा रहेको २२ हजार ८ सय कित्ता गरी गा५० हजार ५०० कित्ता सेयर बोलकबोल प्रक्रियामातर्फ चैत ६ देखि बिक्रीमा राखिएको हो । दुवै कम्पनीले सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ निर्धारण गरेका छन् । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सेयर खरिदका लागि लगानीकर्ताले एनआईसी एशिया क्यापिटलमा आगामी वैशाख १० गतेभित्र न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886