Author: Bizness Khabar
काठमाडौं, २६ माघ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख एनी–मेरी गुल्डे वुल्फ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विच भेटवार्ता भएको छ । भेटवार्तामा वित्तीय क्षेत्रको अवस्था र नेपालको अर्थतन्त्रको बारेमा छलफल भएको स्रोतले बताएको छ । आईएमएफ को एसिया प्रशान्त विभागको उपप्रमुखे वुल्फ नेपाल भ्रमण आएकी छन् । कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम–कारबाही सुक्ष्म रुपमा हेर्ने वुल्फ नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा आर्थिक तथा वित्तिय क्षेत्रमा सुधार गर्ने गरी जनाएका प्रतिवद्धताको अवस्थाका विषयमा जानकारी लिन नेपाल भ्रमणमा आएकी हुन् । ईसीएफको चौथो किस्ता निकासा गर्नुअघि कोषका तर्फबाट आगामी…
काठमान्डौँ, २६ माघ नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्नका लागि आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति आगामि फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार फागुन २ देखि ५ गतेसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको हो । मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने बताएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि डा. उत्तरकुमार रेग्मी, ई. कमलेन्द्रलाल कर्ण, ई. डा डोलप्रसाद चापागाईं र ई. सहदेव चन्द प्रतिस्पर्धामा छन् । त्यस्तै पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी प्रतिस्पर्धामा…
काठमाडौँ, २६ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगी र भ्रष्टाचार गर्नेहरूलाई प्रहरीले समात्दा राजनीतिक दबाब र वक्तव्यबाजी भएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार अध्यागमन विभागको ई. भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै श्रेष्ठले त्यस्तो दबाब नदिन समेत उनले आग्रह गरेका छन् । श्रष्ठले पहुँचवालाहरु पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए । उनले भने, ’हुने खाने वर्ग, जसको राज्यमा पहुँच, उनीहरू कारबाहीमा परे भने ठूलाठूला संस्थाहरूले र अरुले वक्तव्यबाजी गर्ने, कारबाही गर्न हुन्न भनेर । कर्मचारी काबारहीमा परे भने कर्मचारी संगठनले कराउने, त्यसो ग¥यो भने जालसाझी, ठगी, भ्रष्टाचार, राज्य लुट्ने…
सुनिता सुबेदी काठमाडौँ, २६ माघ । चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिना अवधिमा वैदेशिक रोजगार सम्बन्धी तीन हजारभन्दा बढी उजुरी परेका छन् । वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनदेखि पुस मसान्तसम्ममा विभिन्न शाखामा ३ हजार ४ सय ९५ उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये १ हजार ५ सय ६० उजुरी मात्रै फर्छ्यौट भएकोे छ,जुन कुल दर्ता भएको उजुरीको ४४ प्रतिशत मात्र फर्छ्यौट भएको तथ्याङ्कले बताउँछ । फर्छ्यौट भएको उजुरीबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दावि गरिएको छ । यस्तै उद्दार तथा राहतका लािग समोन्वय शाखामा ६ सय ९० उजुरी परेका छन् ।…
काठमाडौँ, २६ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपालले उदारताका साथ स्रवत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताएका हुन् । ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको महतको भनाइ छ । यस्तै उनले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताएका थिए । उनले भने,‘सामाजिक सुरक्षामा हामी दक्षिण एशियामै अन्य देशभन्दा माथि छौँ । भारत, बंगलादेशभन्दा माथि छौँ,’ महतले भने, ’हामीले उदारताकासाथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिवद्धता…
काठमाडौँ, २६ माघ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ । शुक्रबार दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति पश्चात पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताएका छन् । यस्तै प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएको छ । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १०…
सुनिता सुबेदी काठमाडौँ, २६ माघ । बैंक तथा वित्तबाट सबैभन्दा धेरै कर्जा प्रवाह घर जग्गा धितो सुरक्षणमा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा धेरै कर्जा प्रवाह घर जग्गा धितो सुरक्षणमा छ । राष्ट्र बैंकका अनुसार ६ महिनामा कुल प्रवाहित कर्जाको ६७ दशमलव ७ प्रतिशत घर जग्गा धितो सुरक्षणमा प्रवाह भएको छ, जुन गत आवको पुसको तुलनामा शुन्य दशमलव ५ प्रतिशत बिन्दुले वृद्धि हो । गत आवको सोही अवधिमा घर जग्गा धितो सुरक्षणमा ६७ दशमलव २ प्रतिशत कर्जा प्रवाह भएको थियो । घर जग्गा धितो…
काठमाडौं, २६ माघ । लुम्बिनी विकास बैंकले लुम्बिनी आँखा अस्पताललाई १७ लाखभन्दा धेरै रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख ३६ हजार रुपैयाँ रकम सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरका हुन् । अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुबिधाका लागि आउने आँखाका बिरामीहरुलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गर्न गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा…
काठमान्डौ, २५ माघ । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बिच साझेदारी भएको छ । ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यकलाई जोड दिँदै मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित…
सुनिता सुबेदी काठमान्डौँ, २५ माघ । पछिल्लो एक वर्षको अवधिमा नेप्से सूचकाङ्क घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्ममा नेप्से सूचकाङ्क २१ सय २० दशमलव ६२ बिन्दु कायम भएको छ, जुन गत आवको पुससम्मको तुलनामा २८ दशमलव ७७ बिन्दुुले कम हो । गत आवको सोही अवधिमा २१ सय ४९ दशमलव ३९ बिन्दु थियो । यस्तै अर्धवार्षिक अवधिमा धितोपत्र बजार पुँजीकरण भने बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकका अनुसार ६ महिनामा बजार पँुजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँमा कायम छ । यो रकम गत आवको पुससम्मको तुलनामा ७ दशमलव…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886