Author: Bizness Khabar
नेपालबाट पहिलोपटक सिम्यान्स अभिलेख किताब’ जारी, विदेशबाट लिनुपर्ने बाध्यता हट्यो काठमाडौं, २६ असार । नेपाल सरकारले पहिलोपटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ । राहदानी विभागले पानी जहाजमा काम गर्ने व्यक्तिहरुलाई विभिन्न देशमा आवतजावत गर्दा आवश्यक पर्ने ‘सिम्यान्स अभिलेख किताब’ पहिलो पटक जारी गरेको हो । बुधबार विभागले इलामका अमित कुमार सिंहलाई उक्त किताब हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो । यससँगै पानीजहाजमा काम गर्ने नेपालीहरूले विदेशबाट सिम्यान्स बुक लिनुपर्ने बाध्यता अन्त्य भएको छ । विभागका अनुसार डेल्टा कोर्प सिप म्यान्याजमेन्ट कम्पनीमा कार्यरत इलाम सूर्याेदय नगरपालिका ४ का अमित कुमार सिंह उक्त किताब प्राप्त गर्ने पहिलो व्यक्ति भएका छन् ।…
काठमाडौं, २५ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ०४ अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९ बिन्दुमा कायम भएको हो । आज १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १९९ धितोपत्रको शेयर मूल्य बढ्दा ४९ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् । बुधबार १३ समूहको उपसूचकमध्ये दुई उपसूचक घटेको छ भने बाँकी ११…
काठमाडौं, २५ असार । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को ११ महिनामा हायर पर्चेज कर्जा ५ दशमलव ५ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा जेठसम्म आइपुग्दा बढेर १ खर्ब ३० अर्ब ९४ करोड पुगेको छ । २०८२ को जेठ मसान्तसम्म व्यावसायिक प्रयोजनमा…
काठमाडौं, २५ असार । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा मार्जिन प्रकृतिको ३८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा जेठसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ८२ दशमलव ८१ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । चालू आवको ११ महिनामा…
काठमाडौं, २५ असार । हाल देशभर सक्रिय भइरहेको मनसुनले देशभरका विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको बुधबार ८ बजेसम्मका जानकारीअनुसार वर्षाका कारण १० वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ४ वटा एकतर्फी सञ्चालनमा आएको छ । प्रहरीका अनुसार वर्षासँगै आएको बाढी र पहिरोले मधेश बाहेक सबै प्रदेशमा राजमार्गहरू अबरुद्ध भएका छन् । कोशी प्रदेशमा संखुवासभा र पाँचथर जिल्लाका भोटे खोलामा आएको बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन । त्यस्तै पाँचथरको हेवाखोलामा बाढी जाँदा मेची…
काठमाडौं, २५ असार । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को ११ महिनामा यस्तो कर्जा करिब ३३ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत जेठसम्ममा ३० दशमलव ८९ प्रतिशत अर्थात् ४१ अर्ब ७२ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत जेठसम्म आइपुग्दा घटेर ८५ अर्ब ९ करोड रुपैयाँमा सिमित भएको छ । २०८१/८२ को जेठसम्म बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो…
काठमाडौं, २५ असार । नेपाल बिमा प्राधिकरणले आर्थिक वर्ष (आव) २०८२/८३ को वार्षिक बिमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आवको वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । अध्यक्ष ओझाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै सोही नीति तथा कार्यक्रम बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट तर्जूमा गरी कार्यान्वयन गर्ने बताए । बीमा क्षेत्रलाई प्रक्षेपित रूपमा अगाडि बढाउन वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दैै अध्यक्ष ओझाले आगामी आर्थिक वर्षमा प्राधिकरण कसरी, कुन दिशामा अगाडि बढ्छ र…
काठमाडौं, २५ असार । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २५ गते हुनेछ ।
काठमाडौं, २४ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तरिक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिएका हुन् । अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिनुहुँदै ऐन, नियम र निर्देशिका विपरित गएमा…
काठमाडौं, २४ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्उ दशमलव १४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ८३ दशमलव ८६ को विन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन सोमबार परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर २ हजार ६८४ को बिन्दुमा कायम भएको थियो । आज कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ । यस दिन १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक किनबेच भएको छ । मंगलबार ३०४ धितोपत्र कारोबारमा आए,…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886