Author: Bizness Khabar

काठमाडौं, १४ फागुन । अभिनेत्री करिश्मा मानन्धरले नेपाल चलचित्र संस्थानको २७ रोपनी जग्गाको खोजी गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उक्त जग्गा भाडामा दिने सरकारको निर्णयलाई प्रश्न गर्दै तुरुन्तै राज्यले चासो राखेर कारवाही गर्नुपर्ने उल्लेख गरेकी छन् । मानन्धरले यसविरुद्ध अदालत जाने चेतावनी समेत दिएकी छन् । आइतबार फेसबुकमा दुई स्टाटस लेख्दै उनले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा मुद्दा बनिरहेको यो विषयमा टिप्पणी गरेकी हुन् । पहिलो स्टाटसमा उनी लेख्छिन्, ‘नेपाली चलचित्र संस्थाको २७ रोपनी जग्गा कहाँ गयो ? बालाजु औद्योगिक क्षेत्र ?’ दोस्रो स्टाटसमा उनी लेख्छिन्, ‘रोयल नेपाल फिल्म डेभलपमेन्ट बोर्ड । गरेको रहेछ त । आजको…

Read More

काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सोमबार प्रतिनिधि सभा (संसद) कोे बैठकमा एमाले सांसदहरुले आ–आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

Read More

काठमाडौं, १४ फागुन । प्रविधि सम्बन्धी कम्पनी गुगलको अनलाइन मनि ट्रान्जेक्सन एप जिपे बन्द हुने भएको छ । कम्पनीले अमेरिकामा उक्त एपलाई ४ जुन २०२४ बाट बन्द गर्ने बताएको छ । अन्य देशहरुको सन्दर्भमा भने गुगलले कुनै घोषणा गरेको छैन । कम्पनीकाअनुसार जिपेलाई बन्द गर्नुको कारण सन् २०२२ मा सार्वजनिक भएको गुगलको आफ्नै वालेट गुगल वालेट एपलाई प्रोत्साहन गर्नु रहेको छ । यसका लागि पहिले रहेको जिपे एपलाई बन्द गर्ने निर्णय गरेको बताइएको छ । गुगलको आधिकारिक ब्लगकाअनुसार जिपे एपमा रहेका सबै प्रयोगकर्ताहरुलई गुगल वालेटमा प्रतिस्थापन हुने अधिकार रहेको छ । प्रयोगकर्ताले गुगल वालेटबाट नै ट्याप टु पेजस्ता चर्चित सुविधाहरु…

Read More

काठमाडौं, १४ फागुन । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । गुरूङ प्लाटिनम कलेजका सञ्चालक समेत हुन् । विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो । भन्सार कार्यालयले यसमा मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो । यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत,…

Read More

काठमाडौं, १४ फागुन । मिटर ब्याजपीडित र सरकारबीच आजपनि वार्ता हुँदैछ । आज वार्तामा बस्ने गरी आइतबारको वार्ता टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । सरकारसँग वार्ता चलिरहे पनि पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने बताएका छन् । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने भनिएको छ । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महतो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।

Read More

काठमाडौं, १३ फागुन । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । मन्त्रालयले आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको छ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । अहिले उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् । उक्त व्यवस्थाकाबिच संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका…

Read More

काठमाडौं, १३ फागुन । साताको कारोबारको सुरुको दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ८१ अङ्कले घटेर १ हजार ९ सय ७९ दशमलव ०२ बिन्दुमा बन्द भएको छ । आइतबार ३ सय १७ धितोपत्रको कारोवार हुँदा २ सय ६ धितोपत्रको मुल्य घटेको छ । त्यस्तै ३८ धितोपत्रको मुल्य बढेको छ भने ४ धितोपत्रको मुल्य स्थिर छ । ८५ लाख ४६ हजार ९ सय ३० कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । कारोबार भएका १३ समूहको उपसूचकमध्ये ११ वटा समूहको उपसूचक घटेको छ भने दुई…

Read More

सुनिता सुबेदी काठमाडौं, १३ फागुन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो व्यवसाय बढाउन अब्बल देखिएको छ । एक वर्षको अवधिमा प्रभु महालक्ष्मी लाइफको व्यवसायमा सबैभन्दा धेरै वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आर्थिक गर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा १४ बीमक कम्पनीमध्ये प्रभु महालक्ष्मी लाइफले जीवन बीमाको व्यवसाय २ अर्ब ३८ करोड ५२ लाख रुपैयाँको गरेको छ, जुन गत आवको माघसम्मको तुलनामा कम्पनीका व्यवसाय १२ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा कम्पनीको व्यवसाय २ अर्ब १२ करोड ८ लाख रुपैयाँ थियो । यस्तै दोस्रोमा नेश्नल लाइफको व्यवसाय एक वर्षको अवधिमा १२…

Read More

काठमाडौं, १३ फागुन । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले आफ्नो टापुमा बस्ने रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार खारेज गरेको छ । श्रीलंकाले आइतबार उक्त जानकारी गराएको छ । ’सरकारले भिसाको थप म्याद दिइरहेको छैन,’ प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भनेका छन्, ’उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन।’ आधिकारिक आँकडाअनुसार पछिल्लो २ वर्षमा २ लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलंकाको भ्रमण गरेका छन् । कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन । यद्यपि हजारौँ…

Read More

काठमाडौं, १३ फागुन । निर्वाचन आयोगले आगामि वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगले वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारीे गरेको छ । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको दुर्घटनामा निधन भएको थियो । स्थानीय तहतर्फ दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरूङको ०७९ साल…

Read More