Author: Bizness Khabar

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए । आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन् । गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले…

Read More

काठमाडौं, १३ फागुन । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा विजयी भएका छन् । पार्टीको प्राथमिक चुनावमा ट्रम्पले अन्तिम प्रतिस्पर्धी निक्की हेलीलाई पराजित गरे । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् । निक्कीले ट्रम्पलाई बधाई दिंदै चुनावी अभियान जारी राख्ने बताएकी छन् । यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ मानिने राज्यमा ट्रम्पले राम्रो मत पाएको बीबीसीले बताएको छ । साउथ क्यारोलिनामा पार्टीको तर्फबाट विजयी भएपछि ट्रम्पले भनेका छन्, ‘यो कमालको साँझ हो । हामी करिब १५ मिनेटसम्म खुसी मनाउने छौं र…

Read More

काठमाडौं, ११ फागुन । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुवातमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए । उनले भने, ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन् । विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् ।’ एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतको सम्बन्धमा प्रश्न उठाउँदै आएको…

Read More

काठमाडौं, ११ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट २३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब पुर्याउन २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब २० करोड छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृती गरेर कम्पनीको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Read More

काठमाडौं, १३ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी सञ्चालकहरुको सम्पत्ति बेचेर भएपनि बचतकर्तालाई पैसा फिर्ता दिने बताएका छन् । शनिबार सप्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका नाममा ठगी गर्नेहरुलाई सरकारले त्यसै नछाड्ने बताएका हुन् । केही सहकारी अहिले पनि राम्रो तरिकाले सञ्चालन भइरहेको र केही भने आर्थिक मन्दीका कारण सबै बचतकर्ता एकै पटक बचत फिर्ता लिन जाँदा समस्यामा परेको उनको भनाइ छ । केही सहकारी सञ्चालकहरुले भने ठग्नकै लागि सहकारी दर्ता गराएको उनको दाबी छ । त्यस्ता सहकारीलाई कारबाहीको दायरामा ल्याउने श्रेष्ठले बताए । उनले भने,‘सहकारीको नाममा जनतालाई लुट्न, ठग्न सहकारी सञ्चालन गरेको सञ्चालकहरुले ठगी गरेका…

Read More

काठमाडौं, १३ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको आवेदन खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते…

Read More

काठमाडौं, ११ फगुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूलाई आफैंले निगरानी गर्ने भएका छन् । पछिल्लो समय वाणिज्य बैंकहरूको खस्कँदो वित्तीय अवस्थामाथि सार्वजनिक रूपमा तिखो टिकाटिप्प्णी हुन थालेको भन्दै गभर्नर अधिकारीले नै वाणिज्य बैंकहरूलाई हेर्ने भएका हुन् । यसअघि बैंकका समस्याका विषयमा कुरा गर्दा सम्बन्धित डेपुटी गभर्नरमार्फत् जानुपर्थ्यो । अबदेखि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकले बैंक सुपरिवेक्षणका विषयमा सिधै गभर्नरलाई रिपोर्ट गर्न सक्नेछन् । यसले बैंकमा भएका गलत अभ्यासको सिधै गभर्नरलाई जानकारी हुनेछ । यसअघि बैंक सुपरिवेक्षणको जिम्मेवारी सम्हालिरहेकी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको जिम्मेवारी फागुन ११ गतेदेखि लागू हुने गरी हेरफेर गरिएको हो । गभर्नर मातहतको…

Read More

काठमाडौं, ११ फागुन । भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको पुष्टि गरेको छ । मन्त्रालयले उनीहरूको छुट्टी सुनिश्चित गर्नका लागि मस्कोसँग काम गरिरहेको समेत बताएको छ । करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो । अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो । विदेश मन्त्रालयले भारतीयहरूले युद्धमा लडाकूको भूमिका निर्वाह गरेका थिए भन्नेबारेमा पुष्टि गरेको छैन तर एक विज्ञप्तिमा भनेको छ, “केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ ।” “भारतीय दूतावासले नियमितरूपमा…

Read More

काठमाडौं, ११ फागुन । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । शुक्रबार श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेस प्रदेशसभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने बताए । यस्तै उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारले समाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार कुनै कसर…

Read More

सुनिता सुबेदी काठमाडौं, ११ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा नेपालको आयात निर्यात दुबै घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को माघसम्ममा विभिन्न नाका हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ३१ प्रतिशतले कम हो । गत आवको माघसम्ममा ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो । यस्तै, सात महिनामा नेपालबाट कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । यो गत आवको माघसम्मको तुलनामा ७ दशमलव ०७ प्रतिशतले…

Read More