Author: Bizness Khabar

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालनेपाली र कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल छन् । यस्तै नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।

Read More

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसले ३० फागुनमा विस्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल लाई मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका हुन् । कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले २१ फागुनमा नयाँ गठबन्धन बनाएका थिए । अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन बनेको छ ।

Read More

काठमान्डौं, २८ फागुन । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि ७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा बीमा कम्पनीका पुर्व सीईओ देखि डेपुटी सीईओहरु रहेका छन् । कम्पनीले फागुन ७ गते आवेदन माग गर्दै सूचना जारी गरेको थियो । आवेदन दिने अन्तिम दिन फागुन २७ ७ जनाले आवेदन दिएको कम्पनीले जनाएको छ । आवेदन दिनेमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, शेखर बराल, उज्ज्वलराज अर्याल, श्रीमान कार्की, सुरेन्द्र थापा र बुद्धकाजी श्रेष्ठ रहेका छन् । भण्डारी हाल सो कम्पनीका डेपुटी सीईओ तथा निमित्त सीईओ हुन् । यस्तै भट्टराई साबिक गुँरास लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन भने बराल राष्ट्रिय…

Read More

काठमाडौं, २८ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच बहराइनमै खेल्ने भएको छ । छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका छ । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार खेल बहराइनमै गर्ने तय भएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ । नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो ।

Read More

काठमाडौं, २८ फागुन । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र उक्त क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । आइतबार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडलाई पत्र पठाउँदै ७ दिनभित्र सरोकारवालाहरुसँग छलफल गरी कार्ययोजना पेस गर्न भनेको छ । अर्थ मन्त्रालयबाट तीनवटै निकायलाई पठाइएको पत्रमा भनिएको छ, ‘अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकावाला समेतको राय लिई ७ दिनभित्र कार्ययोजना…

Read More

काठमाडौं, २७ फागुन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । यस्तै उनले प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको लामिछानेले बताए । आफू पैसा खानका लागि मन्त्री नभएको उल्लेख गर्दै लामिछानेले भनेका छन् –‘आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले…

Read More

सुनिता सुबेदी काठमाडौं, २७ फागुन । पछिल्लो एक वर्षको अवधिमा उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को माघ महिनामा उपभोक्ता मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत रहेको छ, जुन गत आवको माघ महिनाको तुलनामा २ दशमलव ८७ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत थियो । सात महिनामा सबैभन्दा कम मुद्रास्फीति गैर खाद्य तथा सेवा समूहमा छ । राष्ट्र बैंकका अनुसार गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत छ, जुन गत आवको माघकोे तुलनामा ५ दशमलव ३७ प्रतिशत विन्दुले घटेको हो । गत…

Read More

काठमाडौं, २७ फागुन । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । उनले आज साँझ दोस्रो कार्यकालको शपथ ग्रहण समेत लिने छन् । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् । ६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४ सय ११ भोट पाएर जरदारी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १ सय ८१ भोट पाएका थिए । शनिबारको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका १ हजार ४४ सदस्यले भोट हालेका थिए ।

Read More

काठमाडौं, २७ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् । आइतबार बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा पुनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानूनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो । तपाईमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’ यस्तै उनले लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै…

Read More

काठमाडौं, २७ फागुन । पछिल्लो एक वर्षको अवधिमा रेमिट्यान्स आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१को सात महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ७७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको थियो । यस्तै माघसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । माघसम्ममा वैदेशिक रोजगारीका लागि २ लाख ४७ हजार १२ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा १ लाख ५८ हजार ५ सय…

Read More