Author: Bizness Khabar
काठमाडौं, २७ फागुन । अर्थमन्त्री वर्षमान पुनले आफू पूँजी बजारको विकासका लागि गम्भिर रहेको र आवश्यक सुधारका सबै पहल गरी बजारको विकास गर्ने प्रतिवदता जनाएका छन् । सेयर बजारको विकासका लागि बाधक बनेको नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएरे भए पनि आइतबार नयाँ स्टक ब्रोकरहरुको संस्था‘नेपाल धितोपत्र ब्रोकर एशोसियसनको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पुनले नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएर भए पनि बजारको विकास गर्ने बताए । यस्तै उनले बजार सुधारका बाधक नीति लगायतका विषयमा आज ११ बजे गर्भनरसँग छलफल राखेको समेत बताएका थिए । आफू बजारको विकासका लागि आवश्यक नीतिगत सुधार गर्ने पूर्व तयारीमा रहेको र सम्वद्ध…
काठमाडौं, २७, फागुन । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले गठन गरेको पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । संयोजक राईका अनुसार, अहिलेसम्म सुहाङसहित, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेस गर्ने कार्यसूची छ ।
काठमाडौं, २५ फाल्गुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शेयर बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएकोमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ । यस्तै ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले…
काठमाडौं, २५फागुन । आज महाशिवरात्री पर्व भगवान शिवको पुजाआरधना गरी मनाइँदैछ । आज देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । पवित्र पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड छ । आज महाशिवरात्री भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ…
सुनिता सुबेदी काठमाडौं, २४ फागुन । पछिल्लो एक वर्षको अवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को माघ महिनामा बीमा (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४३ दशमलव १४ प्रतिशत रहेको छ, जुन गत आवको माघसम्मको तुलनामा १ दशमलव ५६ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही अवधिमा ४४ दशमलव ७० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो । एक वर्ष अवधिमा जीवन बीमाको कार्यालय सङ्ख्या समेत घटेको छ । प्राधिकरणका अनुसार चालू आवको माघसम्ममा १ हजार ८ सय ४८ वटा जीवन बीमाको कार्यलय छन् ।…
काठमाडौं, २४ फागुन । फागुन २५ गते देखि चितवन एक्स्पो सेन्टर भरतपुरमा ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्नेमुल नाराका यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गर्न लागेको हो । नेपाली औषधि उद्योगको बिकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्नयोग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्माएक्स्पो आयोजना गरिएको हो । यस्तै सरकारलाई नेपाली औषधि उद्योगल ेकस्ता प्रविधि , उपकरण , कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन भनेर पनि जानकारी…
काठमाडौं, २४ फागुन । चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीका अनुसार स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने भएको हो । चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रूतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको वाङ यीले बताए । वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्रि नीति अवलम्बन…
काठमाडौं, २४ फागुन । आँउदो गर्मिमा भारतिय दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले अनुमान गरेका छन् । भारतीय र नेपाली पर्यटन व्यवसायीहरुबीच लखनउमा भएको एक वृहत नेपाल प्रवद्र्धनात्मक कार्यक्रमपश्चात नेपालमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ थियो । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटकहरुलाई नेपाल भित्राउन संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको थियोे । उक्त कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टूर अपरेटर र व्यवसायीहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय…
काठमाडौं, २४ फागुन । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहिबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिएका हुन् । यस्तै बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ । साथै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको छ ।
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रहेपनि प्रचण्डले विश्वासघात गरेको बताए । प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं । यस्तै दलको बैठकले आफ्ना सांसदलाई रचनात्मक रुपमा भूमिका निर्वाह गर्ने निर्देशन दिएको छ । प्रधानमन्त्री प्रचण्डले…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886