Author: Bizness Khabar

काठमाडौं, २८ कार्तिक । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्था लि. बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार भएको सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले लघु व्यवसायका…

Read More

काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ जना सांसदमाथि सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको दाबीसहित लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको हो । १९ सांसदमाथि नै सर्वोच्चमा अवहेलना दर्ता भएको जानकारी नेताहरूले पाएपछि आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै आएको थियो । आज विरोधका दोस्रो चरणको नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो । सर्वोच्च अदालतले…

Read More

पहिले काटेको टिओडी बिल नै सही रहेको कुलमानको दाबी काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठीक भएको दाबी दोहोर्‍याएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टिओडी मिटरको आधारमा उद्योगीहरुबाट बक्यौता उठाउन निर्देशन दिएसँगै अब प्राधिकरणले उद्योगीलाई टिओडी मिटरको प्रमाण देखाउनु पर्ने बाध्यता आयो भनिरहँदा कार्यकारी निर्देशक घिसिङले बिल सही रहेको दाबी दोहोर्‍याएका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले उद्योगमा प्राधिकरणले पठाएको बिल टिओडी मिटरकै आधारमा रहेको भन्दै प्रमाण नै त्यहि भएकोले अब उद्योगीले पैसा तिर्नुको विकल्प नभएको बताए । ‘हामीले अहिलेसम्म हाम्रो बिल ठीक…

Read More

काठमाडौं, २८ कार्तिक । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । नेपाली सेनाका अनुसार उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्नेछन् । भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल,…

Read More

काठमाडौं, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको ध्यानाकर्षण गराएका हुन । शाहीले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकता अनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन…

Read More

काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । ‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलनको घोषणा गरेका छन् । घिसिङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन र टीओडी लगायतका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै १५ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको थियो । साथै काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा…

Read More

काठमाडौं, २८ कार्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामस्वामीलाई विशेष पदमा नियुक्त गरेका छन् । ट्रम्पले उनीहरूलाई लाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका हुन् । उनीहरूले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछन् ।यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो । मस्कलाई ‘द ग्रेट’ र रामस्वामीलाई ‘देशभक्त अमेरिकी’को संज्ञा दिँदै ट्रम्पले फजुल खर्च कम गर्न र संघीय एजेन्सीहरूलाई पुनर्गठन गर्नका लागि उनीहरूले आफूलाई मार्गदर्शन गर्ने विश्वास लिएको बताएका छन् । नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन…

Read More

अस्मिता सापकोटा काठमाडौं, २८ कार्तिक । हालै गरिएको एक अध्ययनले केही मानिसमा हुने अतिरिक्त वाई क्रोमोजोमले अटिजमको जोखिम दोब्बर गर्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरूले वाई क्रोमोजोमको गहन अध्ययनले अटिजमको जोखिम कारक पहिचान गर्न मद्दत पुग्ने बताएका छन् । मानिसमा जैविक लिङ्ग निर्धारण गर्ने क्रोमोजोमहरू हुन्छन् । पुरुषमा सामान्यतया एक्स वाई र महिलामा एक्सएक्स क्रोमोजोम हुन्छ । तर केही व्यक्तिहरूमा यस्ता क्रोमोजोमको असामान्य संख्या पनि हुन सक्छ, जस्तै एक्सएक्सवाई वा एक्सवाईवाई । यसलाई ‘सेक्स क्रोमोजोम एन्युप्लोइडी’ भनिन्छ । अटिजम स्नायु तथा विकास सम्बन्धी रोग हो । यसले मानिसहरूको अन्य व्यक्तिसँग अन्तक्रिया गर्ने, सञ्चार गर्ने, सिक्ने र व्यवहार गर्ने तरिकामा…

Read More

काठमाडौं, २८ कार्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । मंगलबार प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार २ सय रुपैयाामा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तयस्तै यस दिन चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको नाममा राजनीति हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताए । ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न हुँदैन । प्रधानमन्त्री ओलीले धर्म व्यक्तिगत रोजाइ र आस्थाको कुरा भएकाले सम्मान गरिने पनि…

Read More