Author: Bizness Khabar
काठमाडौं, २६ माघ । लुम्बिनी विकास बैंकले लुम्बिनी आँखा अस्पताललाई १७ लाखभन्दा धेरै रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई ‘माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख ३६ हजार रुपैयाँ रकम सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरका हुन् । अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुबिधाका लागि आउने आँखाका बिरामीहरुलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गर्न गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा…
काठमान्डौ, २५ माघ । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बिच साझेदारी भएको छ । ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यकलाई जोड दिँदै मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित…
सुनिता सुबेदी काठमान्डौँ, २५ माघ । पछिल्लो एक वर्षको अवधिमा नेप्से सूचकाङ्क घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्ममा नेप्से सूचकाङ्क २१ सय २० दशमलव ६२ बिन्दु कायम भएको छ, जुन गत आवको पुससम्मको तुलनामा २८ दशमलव ७७ बिन्दुुले कम हो । गत आवको सोही अवधिमा २१ सय ४९ दशमलव ३९ बिन्दु थियो । यस्तै अर्धवार्षिक अवधिमा धितोपत्र बजार पुँजीकरण भने बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकका अनुसार ६ महिनामा बजार पँुजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँमा कायम छ । यो रकम गत आवको पुससम्मको तुलनामा ७ दशमलव…
सुनिता सुबेदी काठमाडौँ, २५ माघ । पछिल्लो एक वर्षको अवधिमा सरकारले लिँदै आएको आन्तरिक कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा सरकारले लिँदै आएको आन्तरिक कर्जा शून्य दशमलव २ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा कुल २ दशमलव ८ प्रतिशत रहेको आन्तरिक कर्जा घटेर चालू आवको ६ महिनामा २ दशमलव ६ प्रतिशतमा झरेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा यस्तो कर्जा ८ दशमलव ६ प्रतिशतले बढेको छ । गत आवको पुसमा मौद्रिक क्षेत्रको सरकार माथिको खुद दाबी बढेकोमा यो वर्ष यस्तो दाबी घटेको छ । नेपाल राष्ट्र…
काठमाडौँ, २४ माघ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय विस्तार गर्न सरकारले सहुलियत कर्जा दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको स्टार्ट–अप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भई सहुलियत कर्जाको लागि प्रस्ताव आह्वान समेत भइसकेको छ । समझदारी पत्रमा कृषि तथा पशुपंछीसँग सम्बन्धित, बन…
काठमाडौँ , २४ माघ । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २५ माघ बिहीबार ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत ८अर्ब आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले बताएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्म कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले बताएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र…
काठमाडौं, २४ माघ । पछिल्लो एक वर्षको अवधिमा बैंक तथा वित्तीय सस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत आवको पुससम्मको तुलनामा १ प्रतिशत विन्दुले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह १ खर्ब ३७ अर्ब ३३ करोड रुपैयाँ थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको पुससम्ममा निजीक्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित भएको…
काठमाडौं, २४ माघ । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको जानकारी दिए । उनले बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताए । यस्तै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास…
सुनिता सुबेदी काठमाडौं, २३ माघ । पछिल्ला महीनामा नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुसमा उपभोक्ता मुद्रास्फीति ५ दशमलव २६ प्रतिशत रहेको छ, जुन गत आवको सोही महीनाको तुलनामा २ प्रतिशत विन्दुले कम हो । गत आवको पुसमा यस्तो मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत थियो । चालू आवको पहिलो र दोस्रो महिनामा मुद्रास्फीति उच्च थियो । पहिलो महिना (साउन)मा ७ दशमलव ५२ प्रतिशत रहेको मुद्रास्फीति दोस्रो महिना (भदौ)मा बढेर ८ दशमलव १९ प्रतिशत पुगेको थियो । चालू आवको तेस्रो महिनादेखि भने मुद्रास्फीति क्रमशः घट्दै गएको तथ्याङ्कले देखाउँछ । असोज महिनामा उपभोक्ता मुद्रास्फीति…
सुनिता सुबेदी काठमाडौं, २३ माघ । चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को मंसिर महिनासम्ममा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५८ लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको सङ्ख्या ५८ लाख ५४ हजार १ सय २८ पुगेको छ, जुन गत आवको मंसिर महिनाको तुलनामा १४ प्रतिशतले वृद्धि हो । गत आवको सोही अवधिमा प्यान लिने करदाता ५१ लाख ३५ हजार ५ सय ९० थिए । यस्तै चालू आवको पाँच महिनामा प्यान लिने करदाता ३ लाख ४ हजार भन्दा धेरै थपिएका छन् । गत आवको अन्तिमसम्ममा ५५ लाख ५४ लाख २६ करदाता…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886