Author: Bizness Khabar

सुनिता सुबेदी काठमाडौं, १७ माघ । सरकारको बजेट खर्चमा देखिने गरेको समस्या यस वर्ष पनि कायमै छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को माघ १५ सम्ममा कुल ६ खर्ब २० अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ, जुन गत आवको माघ १५ को तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सरकारले कुल ६ अर्ब १७ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो । साढे ६ महिना बितिसक्दा पनि सरकारको कुल विनियोजित बजेट खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ४४ प्रतिशतमा सीमित छ । सरकारले यो वर्षका लागि कुल…

Read More