Author: Bizness Khabar

काठमाडौं, ०३ फागुन । नेपालमा सामसुङ मोबाइलको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोन तयार कम्पनी सबको फोनले ‘आइएमएस सबको फोन एक्सचेन्ज’ सञ्चालन साझेदारी गर्ने घोषणा गरेका छन् । विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्तालाई आफूले प्रयोग गरेको फोन साटेर सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प दिने उद्देश्यले मोबाइल साटफेर सुविधा सुरु गरिएको हो । आाइएमएस सबको फोन एक्सचेन्ज सुविधाअन्तर्गत उपलब्ध वेबमा आधारित प्रणाली प्रयोग गरी ग्राहक आफूले प्रयोग गरेको फोनको विवरण भरेरे मूल्य प्राप्त गर्न सकिने र नयाँ सामसुङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सकिने दुवै कम्पनीले बताएका छन् । एक्सचेन्ज सुविधा प्राप्त गर्न ग्राहक आफूले प्रयोग…

Read More

काठमाडौं,०३ पागुन । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाउने घोषणा गरेको छ । गत २४ माघमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत सहभागी प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए गर्ने निर्णय गरेको हो । १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘गिभ एन्ट टेक’ प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पिपिए गर्ने आयोजनाको विद्युत् सुक्खायाममा (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम दर क्रमशः ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ । पिपिएका लागि ३ सय ५१ मेगावाट क्षमताका…

Read More

काठमाडौं, ०३ फागुन । इजरायलले गाजाको रफाहमा गर्न थालेको ‘विनाशकारी’ र ‘ध्वंसात्मक’ आक्रमणको अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डले विरोध गरेका छन् । फागुन ३ अर्थात् आज अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डका प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायललाई ‘मित्रहरूको सल्लाह स्विकार्न’ आग्रह गर्दै तत्काल मानवीय युद्धविरामका लागि अनुरोध गरेका छन् । फागुन २ मासंयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्टिन ग्रिफिथले रफाहमा इजरायली आक्रमण ‘आमहत्या’ बन्न सक्ने चेतावनी दिएका थिए । यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले पनि गाजामा भइरहेको मानवीय क्षति ‘असह्य भएको’ भन्दै तत्काल युद्ध रोक्न चेतावनी दिएका थिए । इजरायलले निरन्तर आक्रमण गर्दै गएपछि प्यालेस्टिनी नागरिक उत्तरी गाजाबाट भाग्दै दक्षिणको रफाह पुगेका छन्…

Read More

काठमाडौँ, ०३ फागुन । बिहिबार (आज) देखि विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएकोे सम्मेलन नेपालमा पहिलोपटक भएको हो । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा आज सम्मेलनस्थल भुकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म पदयात्रा (मार्चपास) भएको छ । पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकले बताएको छ…

Read More

सुनिता सुबेदी काठमाडौं, ०३ फागुन । चालू आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ४ लाघ नाघेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा ४ लाख ५ हजार ५ सय ५२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको देखिन्छ । चालू आवको माघसम्म्मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ दशमलव ३० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख ७८ हजार ८ सय ३० जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए…

Read More

काठमाडौँ, ०३ फागुन । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ का लागि धितोपत्र बोर्डमा आवेदन परेको छ । कम्पनीको प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्नका लागि माघ २८ गते बोर्डमा आवेदन दिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा छ । कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । गरिमा विकास बैंक लिमिटेडको…

Read More

काठमाडौं, ०३ फागुन । आगामी वैशाख २७ देखि ३० सम्म भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ (हाउजिङ एन्ड कन्स्ट्रक्सन नेपाल) सञ्चालन हुने भएको छ । हाउस अफ राजकर्णिकारले आयोजना गर्ने हाउजिङ, भवन र निर्माणसम्बन्धी एक्स्पोको यो तेस्रो संस्करण हो । आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग छ । तर, नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्था छ । आवास र निर्माण नेपाल २०२४ ले क्रेता–बिक्रेता…

Read More

काठमाण्डौं, ०३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२६३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२६३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

Read More

काठमाडौं,०३ फागुन । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्सको स्थापना कालदेखि नै राम्रो कार्यक्षमता प्रस्तुत गरेर सफलताको चर्चा कमाएका खत्रीले राजीनामा दिएका हुन् । युनाईटेड अजोड इन्स्योरेन्स मर्जरमा आउँनु अघि उनले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा झन्डै दुई कार्यकाल नेत्तृत्व गरेका थिए । तत्कालिन अवस्थामा प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले मर्जरमा जाने तयारी गर्दा खत्री व्याक भएका थिए । अन्तत युनाईटेड र अजोड इन्स्योेरेन्स एक आपसमा मर्जरमा जाँदा उनले सीईओ पद भने हात पार्न सकेका थिएनन् । नेपाल बीमा प्राधिकरणले मर्जर सम्बन्धि विशेष निर्देशन दिँदै मर्जर…

Read More

काठमाडौं,०३ फागुन । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । लाभांश हात पानर्का लागि आजनै शेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५ दशमलव ५० प्रतिशत बोनस सेयर र ० दशमलव २८९ नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

Read More