Author: Bizness Khabar
काठमाडौं, ०३ फागुन । आगामी फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३६० दशमलव ९० रुपैयाँ अंकित दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित आईपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओको निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा…
काठमाडौं, ०२ फागुन । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक बढेर २ हजार ७६ दशमलव ५० बिन्दुमा पुगेर बन्द भएको छ । ३ सय २ कम्पनीको कारोवार हुँदा १ सय ३१ कम्पनीको शेयर बजार बढेको छ । त्यस्तै १ सय १२ कम्पनीको घटेको छ भने ४ कमपनीको शेयर बजार स्थिर छ । १ करोड २३ लाख ६३ हजार शेयर कित्ता शेयर किनबेच हुँदा ४ अर्व २५ करोड २७ लाखभन्दा धेरैको कारोबार भएको छ । आज ७ वटा उपसमुहको शेयर बढेको छ भने ६ वटाको घटेको छ । विकास बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फण्ड, निर्जीवन…
काठमाडौं, ०२ फागुन । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा त्रुटि गरेको भन्दै मुक्तिनाथसहित विकास बैंक र फाइनान्स कम्पनीलाई सुपरिवेक्षकीय कारबाही गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षणद्वारा सार्वजनिक चालू वर्षको पुस मसान्तसम्म कारबाहीमा परेका विकास बैंकमा मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन्।यीमध्ये सप्तकोसी र नारायणी डेभलपमेन्ट बैंक दुई÷दुई पटक कारबाहीमा परेका हुन् । कानुन विपरीत ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता…
काठमाडौं, ०२, फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाल कुवेतसँग ८ विकेटको विजयी भएको छ । नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । वर्षाले खेल प्रभावित भएपछि जितक लागि ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको थियो । नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाएकी थिइन भने सीता राना मगर १७ रनमा आउट भएकी थिइन । यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि…
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट आम्दानी गरेको छैन भने अन्य आम्दानीे ३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च रु.१ करोड १९ लाख प्रशासनिक तथा सामान्य खर्च रु.५८ लाख ६८ हजार रहेकोे छ । पुससम्ममा कम्पनीको नगद मौज्जाद रु.१५ करोड ९५ लाख र कर्जा रु.३ अर्ब ७१ करोड छ । कम्पनीको कुल चालू सम्पत्ति रु.४८ करोड ७४ लाख र कुल चालू दायित्व रु.२१ करोड २५ लाख…
काठमाडौं, ०२ फागुन । मलेसियामा जारी रहेको एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस जिती पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको हो । कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिएकी थिइन । उनले १३ औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरापमा पारिन् । यस्तै तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् भने चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् । त्यस्तैै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिएका…
काठमाडौँ, ०२ फागुन । वसन्त पञ्चमीको अवसरमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासलचोक पुगेर वसन्त श्रवण गरेका हुन् । यस दिन हनुमानढोकाको नासलचोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन छ । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ , गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो । वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने मान्यता छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ । यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास छ ।
काठमाडौं, ०२ फागुन । अभिनेत्री स्वस्तिमा खड्काले हिरोइनको करिअर हिरुोको भन्दा छोटो हुने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वस्तिमाले हिरोइनहरुको करिअर छोटो हुनुमा धेरै कुराले असर पार्ने बताएकी हुन् । उनले भनिन, ‘हाम्रो समाजको जुन ‘इको सिस्टम’ छ, त्यसले ठूलो असर गरेको छ । महिला भन्ने वितिक्कै जिम्मेवारी बढी हुन्छ । विवाहपछि महिलाको जीवनमा ठूलो परिवर्तन आउने हो । बच्चा भएपछि झनै सम्झौता गर्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि करिअर छोटो हुन्छ ।’ हिरोइनलाई हिरोको वरिपरि नाच्ने वा ग्ल्यामरको हिसाबले मात्र सोच्ने मान्यताले पनि करिअर छोटो हुने गरेको उनको बुझाई छ । उनले भनिन, ‘अभिनेत्रीहरु भनेका हिरोको…
मोडल नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं र धरानमा २५ दिन खिचेपछि मंगलबार फिल्म ‘प्याकअप’ भएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले जानकारी दिएका छन् । नीतिको भागको छायांकन भने एक हप्ताअघि नै सकिएको थियो । उनले यसअघि ४ फिल्म सम्झौता गरेको भए पनि ती कुनै निर्माण नहुँदा ‘खजुरे ब्रो’ उनको डेब्यू बन्न पुगेको हो । फिल्ममा नीतिको जोडी अभिनेता रेअर राईसँग छ । यस्तै अन्य कलाकार महेश त्रिपाठी, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, नविन मानन्धर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । फिल्ममा धरान उपमहानगरपालिकाका…
काठमाडौं, ०२ फागुन । नयाँ सरकार निर्माणका लागि पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन बनाइएको छ । कुनै पनि दलले बहुमत नल्याएपछि नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग पीएमएलले गठबन्धन सरकार गठनको प्रक्रिया सुरु गरेको हो । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए । पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ । पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886