Author: Bizness Khabar
काठमाडौं, २ वैशाख । गत दुई महिनायता खस्किएको घरजग्गाको कारोबार चैतमा भने केही सुधार देखिएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत फागुनको तुलनामा चैतमा घरजग्गा कारोबार ८ दशमलव १८ प्रतिशतले बढेको हो । चैतमा ४९ हजार ८३२ घरजग्गााको लिखत पारित भएको छ, गत फागुनमा ४६ हजार ६१ वटा घर जग्गाको कारोबार भएको थियो । माघमा ४६ हजार ६९ र पुसमा ४८ हजार १५६ वटा घरजग्गा लिखत पारित भएका थिए । चैतमा भएको घर जग्गाको कारोबार यस वर्षकै सबैभन्दा बढी हो । चैतमा सुनसरीको इनरूवा मालपोतले सबैभन्दा बढी घरजग्गाको कारोबार गरेको छ ।…
काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन नेपाल स्टक एक्चे (नेप्से)ले सुखद् स्वागत गरेको छ । मंगलबार नेप्से परिसूचक २६ दशमलव ५५ ङ्कले बढेको छ, यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ८८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । ०८१ को अन्तिम कारोबार दिन आइतबार नेप्से सूचक ८.८४ अंकले घटेर २, हजार ६६१ को विन्दुमा बन्द भएको थियो । यस वर्षको पहिलो दिन कारोबार रकममा समेत उछाल आएको छ । गत वर्षको अन्तिम दिन आइतबार ६ अर्ब २८ करोड रुपैयाँ कारोबार भएकोमा आज ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।…
काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको बताएको हो । नयाँ नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने राष्ट्र बैंकले जनाएको छ । चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि।सं।२०८१ लेखिएको हुने छ । नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहनेछ । यसअघि बैंकले २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५…
काठमाडौं, २ वैशाख । केही दिन लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रपैयाँले घटेको छ । आइतबार १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं, ३१ चैत । ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन गर्नेभएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा नेपाल सरकारको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ ।…
काठमाडौं, ३१ चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी वैहाख २१ गते हुने छ…
काठमाडौं, ३१ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी १ हजार ९ सय ५…
काठमाडौं, २९ चैत । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा इमान्दारिका साथ अझ बढी जिम्मेवारीपूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुक्रबार आयोजित नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले प्राधिकरण आफ्नो क्षमतालाई बढाएर अपेक्षित रूपमा स्तरीय सेवा दिन तयार रहेको बताए । बीमा कम्पनीहरूलाई बोनसबाट बाहिर निस्केर टर्म इन्स्योरतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुहुँदै अध्यक्ष ओझाले भने, “जोखिमाङ्कनमा समस्या छन्, त्यसलाई सुधार्नुपर्छ, कर्मचारीलाई लक्ष्य दिँदा बीमालेख जारी सहित नवीकरणको पनि लक्ष्य दिनुपर्छ, बीमा गराउँदा शुरूमैं बीमालेखका…
काठमाडौं, २९ चैत । पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संचना गरेर निजी क्षेत्रलाई शेयर सहभागिता गराउन सुझाव दिएको छ । आयोगले नयाँ स्टकबारे भने केही सुझाव दिएको छैन । ‘नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी यसको पुँजीवृद्धि गर्नुका साथै निजी क्षेत्रलाई शेयर सहभागिता गराउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पनि पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थालाई पनि शेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था गर्ने ।’ वस्तु विनिमय सञ्चालनमा ल्याई पब्लिक वेयरहाउजिङ ऐन जारी आयोगले सुझाव दिएको छ ।
काठमाडौं, २९ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पूँजी हाल २ खर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीले लाभांशका लागि करसहित ३९ रोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ छट्याएको छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886