Author: Bizness Khabar
काठमाडौं, २७ कार्तिक । नेपाल सरकारले विकास ऋणपत्र बिक्रीमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्न लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँबराबरको ६ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८७ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल बुधबार बिहान १० बजेदेखि २ बजेसम्म हुनेछ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन…
अस्मिता सापकोटा काठमाडौं, २७ कार्तिक । सामान्यतया एक व्यक्तिको जागिरे जीवन करिब ४० वर्षको हुन्छ । तर धेरैका लागि यो अवधि पर्याप्त हुँदैन । कोहीले आर्थिक कारणले लामो समयसम्म काम गर्न चाहन्छन् भने, कतिपयले आफूलाई सक्रिय र व्यस्त राख्न दीर्घकालीन रोजगारी खोजिरहेका हुन्छन् । कारण जुनसुकै होस् धेरै मानिसहरूले दीर्घकालीन रोजगारीको विकल्पलाई प्राथमिकतामा राख्दै आएका छन् । हालै अमेरिकी श्रम तथ्यांक ब्यूरोले गरेको एक अध्ययनले सन् १९५७ देखि १९६४ बीच जन्मिएका व्यक्तिहरूले १८ देखि ५४ वर्षको उमेरसम्म औसतमा १२.४ वटा विभिन्न काम गरेको तथ्य देखाएको छ । यो प्रवृत्ति आगामी वर्षहरूमा झनै तीव्र हुने अपेक्षा गरिएको छ, जहाँ एक व्यक्तिले…
काठमाडौं, २७ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीमा उद्योग, पर्यटन, कृषि, फलफूल, जडीबुटी प्रशोधन र स्वास्थ्य क्षेत्रबाट लाभ लिन सकिने प्रचूर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुआनलगायत जुनसुकै प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवश्यक नीतिगत सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन् । लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिंदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक…
काठमडौं, २७ कार्तिक । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय सुनाएको थियो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन गत साता सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद…
काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । सोमबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, २६ कार्तिक । मन्त्रिपरिषद् बैठकले गरेका आठ वटा निर्णय सार्वजनिक गरिएको छ । सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिए । कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको IFAD-13 Replenishment का लागि नेपाल सरकारको तर्फबाट अमेरिकी डलर ७५ हजार योगदान भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने तथा नेपाल सरकार र स्वीडेन सरकारबिच हस्ताक्षर हुने Bilateral Agreement for Engagement in Cooperative Approaches Involving Internationally Transferred Mitigation Outcomes विषयक द्विपक्षीय सम्झौता स्वीकृत गर्ने लगायतका ८ निर्णय गरेको छ ।
काठमाडौं, २६ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् । प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए । यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने उनको भनाइ छ । सचिव खड्काका अनुसार क्यानले गरेको अध्ययनमा फ्लोड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको छ । सरकारमा भएकाहरुसँग कुरा गर्दा ३० करोड केही होइन भन्ने जवाफ पाएपनि अहिलेसम्म हुन नसकेको उनले बताए । क्रिकेट संघको आयोजनामा पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म…
काठमाडौं, २६ कार्तिक । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा घोषणा गरेको हो । नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै लुम्बिनी लाइन्समा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । ‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थपनलाई धन्यवाद ।’ लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीका अनुसार सम्झौताको अवधि एक वर्षका लागि रहेको…
काठमडौँ, २६ कार्तिक । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार कतार एयरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको हो । कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने गरी क्यानमा विन्टर सेड्युल पेस गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा उडान गर्नेछ । विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको…
काठमाडौं, २६ कार्तिक । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादानविरुद्धको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ । आजका लागि पेसी तोकिएको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भनेपछि हेर्न नमिल्नेमा राखिएको हो । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो । एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भइसकेको छ । भाटभटेनी…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886