Author: Bizness Khabar
काठमाडौं, २२ साउन । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पूँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५० करोड पुगेको छ । सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । यो कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पुर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमा प्रमुख रमेशकुमार भट्टराईले…
काठमाडौं, २२ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २१ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव ०६ बिन्दुमा कायम भएको हो । आज २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ११२ धितोपत्रको शेयर मूल्य बढ्दा १३८ को घटेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् । बुधबार माइक्रोफाइनान्स १ दशमलव ३४, अन्य शून्य दशमलव ६३, लगानी शून्य…
काठमाडौं, २१ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २१ साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि साउन ३० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओको बाँडफाँट सम्पन्न भएसँगै दोस्रो चरण अन्तर्गत आम लगानीकर्ताका लागि शेयर बिक्री खुला गर्न लागिएको हो । लघुवित्तले आफ्नो कुल जारी पूँजीको ४० प्रतिशत हिस्सा सार्वजनिक गर्ने योजनाअन्तर्गत कुल २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको स्वीकृति पाएको थियो । पहिलो चरणमा कर्मचारीहरूलाई १ हजार १५५ कित्ता, सामूहिक लगानी कोषलाई ११ हजार ५५० कित्ता र विदेशमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता शेयर छुट्याइएको थियो । अब सार्वजनिक निष्काशनको…
काठमाडौं, २१ साउन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ३५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २५ गते हुने छ ।
काठमाडौं, २० साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ दमलव ७८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८ सय ३३ दशमलव ५७ को बिन्दुमा बन्द भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार करिब ११ अर्बको कारोबार भएकोमा आज ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर १ लाख ३० हजार ९५३ पटक किनबेच भएको छ । मंगलबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये २०४ धितोपत्रको मूल्य घटेको छ भने ४६ धितोपत्रको मूल्य बढेको छ ।…
काठमाडौं, २० साउन । सागर डिष्टिलरी लिमिटेडले यही साउन २८ गतेदेखि आईपीओ खुलाउने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न…
काठमाडौं, २० साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १९ साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । उक्त क्षेत्रको भाषा परीक्षामा ५ हजार ३०० कोटा तोकिएको छ, जसमध्ये ३ हजार ५०० उत्पादनमूलक क्षेत्र र १ हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886